चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता « Khabarhub

चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता


१३ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ । 

चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए ।

उनका अनुसार यात्रुलाई सम्मानजनक व्यवहार गर्नेदेखि चालक र सहचालक भएकामा गर्व गर्नेसम्मका विषयलाई प्रतिबद्धता जनाउन लगाइएको छ । प्रतिबद्धता पत्रमा ‘म यात्रुलाई सम्मानजनक व्यवहार गर्छु, तोकिएको भाडादर भन्दाबढी भाडा लिने छैन, ट्राफिक नियमको पूर्ण पालना गर्छु, आरक्षण सिटको व्यवस्था अनुसार यात्रु व्यवस्थापन गर्नेछु, अपाङ्गता भएका व्यक्ति, असहाय र विद्यार्थीले भाडा दरमा पाउने छुटको व्यवस्था गर्ने छु तथा आफू चालक र सहचालक भएकामा आफ्नो कामप्रति गर्व गर्दछ’, भनिएको छ । 

चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना रोक्नका लागि नियम पालनामा सचेत गराउन छ बुँदे प्रतिवद्धतासहित चालक र सहचालकलाई ट्राफिक प्रहरीले दुई मिनेट कार्यक्रममार्फत यात्रुदेखि सवारीसाधनको अवस्थाको जानकारी समेत संकलन सुरु गरेको छ ।

‘यो समय (चाडपर्व)मा यात्रुलाई पर्नसक्ने समस्या र सवारीसाधनको अवस्था थाहा पाउन चोकपोष्ट र छड्के चेकजाँच गर्न थालेका छौँ’, खकुरेलले भने, ‘सिट सङ्ख्याभन्दा धेरै यात्रु राख्ने, बढीभाडा असुल गर्ने, तोकिएको गन्तव्यसम्म नपुर्‍याउने समस्या हुन नदिन सचेत गराइरहेका छौँ, हतार गर्ने, बिग्रेका साधन गुडाउने, एकजना चालकले लामो समयसम्म चलाउने लगायतका सम्भावित दुर्घटनाका कारण रोक्न सकिनेछ भन्ने विश्वास छ ।’

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित