नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्छ-कार्की « Khabarhub

नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्छ-कार्की


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को आज उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आइटी हव’ बनाउनुपर्नेमा जोड दिए। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘सूचना प्रविधिको विकास र विस्तारमा वर्तमान सरकार सदैव क्रियाशील रहेको छ, पछिल्लो समयमा भइरहेको सूचना र प्रविधिको विकासलाई मुलुकको समग्र विकाससँग जोडेर लैजानुपर्ने आवश्यकता छ, मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी  यो देशलाई आइटी हव बनाउनुपर्ने छ ।” सरकारी, निजी, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलापसमेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको उनको भनाइ छ ।

मन्त्री कार्कीले भने, ‘आजको युग प्रविधिको युग हो, अन्य क्षेत्रमा भन्दा सूचना प्रविधिको क्षेत्रको तीव्र गतिले विकास भइरहेको छ, हिजोको दिनमा कल्पनानै नगरेका कुरा सूचना प्रविधिको कारण आज यथार्थमा परिणत भएको छ, सूचना प्रविधिको विकासले सम्पूर्ण विश्व एक गाउँको रुपमा स्थापित भएको छ ।’ मोबाइल सेवाको बढ्दो प्रयोगले सूचना प्रविधिको माध्यमबाट सेवा दिने र लिने क्रम बढिरेहको बताउँदै उनले सरकारी कार्यालय क्रमशः सूचना प्रविधिमैत्री भइरहेको बताए । मन्त्री कार्कीले सूचना प्रविधिको क्षेत्रमा भएको विकासको गतिका कारण बैँक तथा वित्तिय क्षेत्रका काम कागजरहित हुने विश्वास व्यक्त गरे। 

त्यसैगरी मन्त्री कार्कीले आजै नेपाल विश्व सहयोग सङ्घ र नेपाल सौरपानी मिडिया प्रालिले आयोजना गरेको ‘स्रष्टा सम्मान  तथा लोकार्पण कार्यक्रम’ मा १४ कलाकार तथा साहित्यकारलाई सम्मान गरे । मन्त्री कार्कीले साहित्यकार प्रा.डा रामप्रसाद ज्ञवाली, समाजसेवी कलाश पनेरु, मोहन निरौला, सञ्चारकर्मी जीवन पराजुली, चलचित्र निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केशी, गायक तुलसी पराजुली, कलाकारद्वय हेमा पनेरु र पूर्ण नेपाली, पत्रकार प्रदीप परियार थापा, कलाकार श्रेया कार्की, समाजसेवी सरिता बिक सरु, अभिनाथ न्यौपाने र सहिल खाँनलगायतलाई सम्मान गरे। 

सोही अवसरमा मन्त्री कार्कीले  देशमै उपलब्ध स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले नेपाली साहित्य क्षेत्रले समृद्ध नेपाल निर्माणमा अझै सकारात्मक र सृजनात्मक भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरे । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित