स्वस्तिश्री गुरुकुललाई ‘आइबी वर्ल्ड स्कुल’को मान्यता « Khabarhub

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वर्ल्ड स्कुल’को मान्यता


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँको सानो भर्‍याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वर्ल्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वर्ल्ड स्कुल’ घोषणा गरिएको हो ।

आइबी (अन्तर्राष्ट्रियस्तर)को मान्यता प्राप्त भएसँगै उक्त स्कुल आजैदेखि ‘स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुल’ को नामबाट सञ्चालन भएको छ । यो अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममा आधारित रहेर विद्यालयलाई दिइने उपाधि हो । नेपालमा योसँगै चारवटा विद्यालयले मात्र उक्त मान्यता पाएका जनाइएको छ । यहाँ आज भएको घोषणा कार्यक्रममा छोटो समयमै उक्त मान्यता प्राप्त गर्ने र काठमाडौँ जिल्लाको पनि पहिलो विद्यालय भएको दाबी गरिएको छ ।

समारोहमा स्वस्तिश्री नेपाली भाव र संस्कृति तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको सम्मिश्रणबाट विश्वस्तरीय गुणस्तरयुक्त शिक्षा नेपालमा नै प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको जानकारी गराइएको थियो । विसं २०७६ मा स्थापना भएको गुरुकुलले पहिलो वर्ष मन्टेश्वरी, दोस्रो वर्ष एकैसाथ शून्य विद्यार्थीबाट कक्षा १० सम्म स्कुल सञ्चालन गरेकामा चालु शैक्षिकसत्र अर्थात् तेस्रो वर्षदेखि ११ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ ।

विश्वस्तरीय भौतिक पूर्वाधारसहितको नवनिर्मित भवनमा आधुनिक शैक्षिक प्रणाली र विद्यार्थीको रुचिअनुसारको गुणस्तरयुक्त तथा विद्यार्थीमैत्री पठनपाठन हुँदै आएको, कक्षा कोठा, पठन पद्धति, विद्यार्थीको सिकाइ, भौतिक पूर्वाधारलगायतका आधारमा झन्डै डेढ वर्षको अध्ययन अनुसन्धानपछि मात्रै गुरुकुलले विश्वस्तरको मान्यता प्राप्त गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा सञ्चालित आइबी। पिवाइपी। पाठ्यक्रम, फिल्ड वर्क एजुकेसन, लन्डन मन्टेश्वरी शिक्षाका लागि आइई।वाइसी। पाठ्यक्रम, वाटकिन्सन स्कुल, अमेरिकासँग शैक्षिक कार्यक्रमका लागि सहकार्य गर्दै आएको छ । यस्तै एसियाको ‘वेष्ट इमर्जिङ स्कुल अवार्ड २०२०–२०२१’ प्राप्त गर्न सफल स्वस्तिश्री गुरुकुलले स्वस्तिश्री स्पोर्ट एकाडेमी (एसएसए) स्थापना गरी फुटबल, फुटसल, पौडी, बास्केटबल, तेक्वान्दो, स्केटिङ, टेबलटेनिसलगायत खेलकुदका तालिम अन्य विद्यालयका इच्छुक विद्यार्थीका लागि प्रदान गर्दै आइरहेको गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले जानकारी दिए ।

उक्त स्कुल स्वस्तिश्री, इन्टरनेसनल स्कुल एसोसिएसन (आइएसए)को नेपालको एकमात्र सदस्य विद्यालय र इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएकएफ)को नेपालको एकमात्र पूर्ण सदस्यता प्राप्त विद्यालय हो ।

राज्यमन्त्री श्रेष्ठले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागी हुँदै परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिनका लागि स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गरे । संसारमा चलेको कार्यक्रम आइबी मान्यता प्राप्त स्कुलबाट उत्पादित विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयले सजिलै लिने उल्लेख गर्दै श्रेष्ठले यसको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गुरुकुलका अध्यक्ष चित्रकारले भौतिक संरचनाले मात्रै होइन स्कुललाई शैक्षिक एवं प्राज्ञिक रुपमा समेत उत्कृष्ट बनाउने सोच रहेको बताए । स्कुलका प्रिन्सिपल डा हिमलाल घिमिरेले मुलुकका चार विद्यालयमध्ये छोटो समयमा र काठमाडौँमै पहिलो आइवी मान्यता प्राप्त गर्न सफल भएको बताए । ब्राइट फ्युचर स्कुलका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले स्कुलका विद्यार्थीले युरोपलगायत बाह्य मुलुकमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको जानकारी गराए।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ३ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित