लकडाउनलाई सीप तिखार्न खर्चेकी जम्मुकी बेकरी उद्यमी « Khabarhub

लकडाउनलाई सीप तिखार्न खर्चेकी जम्मुकी बेकरी उद्यमी


१४ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्मु सहरमा बस्ने सना गुप्ता अहिले गान्धी नगरस्थित एउटा सरकारी कन्या क्याम्पसमा बी. कमको अध्ययन गरिरहेकी छिन् । नजिकैको जम्मु विश्वविद्यालयमा एबीएको अध्ययन गर्ने उनको धोको छ ।

तर, उनको पहिचान यतिमात्र होइन । उनको आफ्नै व्यापार छ ।

अहिले उनले जम्मुकै अख्नूर रोडमा रहेको बर्नइ भन्ने स्थानमा आफ्नै व्यापार सुरु गरेकी छिन् ।  उनी ‘बाटर एण्ड क्रम्ब्स’ नामक बेकरी चलाउँछिन् । उनले ब्राउनी, कपकेक, केक जार, ड्राइ केक, असोर्टेड चकलेट र कस्टमाइज केकजस्ता मीठा मीठा परिकार बनाएर जम्मुका मानिसहरुलाई खुवाइरहेकी छिन् ।

धेरै पनि भएको छैन कोभिड महामारीे चरम उत्कर्षमा थियो । कोभिड महामारी र लकडाउनको फुसर्दिलो समयलाई आफ्नो बेकिङ र पाककलाको सीप तिखार्नमा खर्च गरिन् । उनलाई यसमा आमा र बहिनीले पनि साथ दिए । उनका लागि लकडाउनको फुर्सदिलो समय पर्याप्त पनि थियो ।

बेकरीप्रतिको रुचिकै कारणले गर्दा कुनै समय पञ्जाब प्रान्तको लुदियाना सहरमा यसबारे तालिम समेत लिएको उनी बताउँछिन् ।

‘अहिले म गान्धी नगरको सरकारी कन्या क्याम्पसमा बी. कम पढिरहेकी छु र जम्मु विश्वविद्यालयबाट एमबीए सकेपछि पनि व्यवसायलाई निरन्तरता दिन चाहन्छु । म अहिले आफ्नो अध्ययनमा बढि ध्यान दिइरहेकी छु । भविष्यमा सफल व्यापार स्थापित गर्नेबारे पनि मेरो ध्यान छ ।’

यस कामप्रति परिवारबाट समेत सहायता मिलेको उनी बताउँछिन् ।

‘म अहिले आफ्ना उत्पादनहरु इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा पनि प्रवर्द्धन गरिरहेकी छु त्यहाँबाट पनि मलाई ठूलो हौसला मिलेको छ ।’ उनले भनिन् ।

उनका अनुसार कसैसँग कामप्रति इच्छाशक्ति र लगाव छ भने जहिल्यै पनि त्यहाँ कदम चाल्ने आवश्यकता रहन्छ ।

(ग्रेटर कश्मीरबाट)

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित