दशैँ अफरसहित सिलिङ्क्स ट्राभल्सद्वारा ‘टिकटभण्डार डटकम’ सञ्चालन  « Khabarhub

दशैँ अफरसहित सिलिङ्क्स ट्राभल्सद्वारा ‘टिकटभण्डार डटकम’ सञ्चालन 


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स ट्राभल्सले टिकटभण्डार डटको सुरुवात गरेको हो ।   

‘टिकटभण्डार डटकम’ सेवाग्राहीलाई सहजरूपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको इन्टरनेट बुकिङ इन्जिन भएको सिलिङ्क्स ट्राभलले जनाएको छ । ‘घटस्थापनाको शुभ अवसरमा हाम्रो नयाँ इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सुरु गर्न पाउँदा हामी धेरै उत्साहित र उत्तिकै खुसी छौं,’ टिकटभण्डार डट कमका प्रबन्ध निर्देशक राजु ढकालले भने, ‘विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरि हवाई उडान छनौट गर्न हामी सेवाग्राहीलाई मद्दत गर्दछौं ।’

टिकटभण्डार डटकमको सुरुवातसँगै दशैँको अवसरमा सिलिङ्क्स ट्राभलले दुईवटा अफर घोषणा गरेको छ । यो दुवै अफर असोज १० गतेदेखि कात्तिक ९ गतेसम्म टिकटभण्डार डटकमबाट हवाई टिकट बुक गर्नेहरूको लागि मात्र लागू हुने जनाइएको छ ।  दशैँ अफरअनुसार आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट दिइनेछ र उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ-बैंकक दुईतर्फी निःशुल्क हवाइ टिकट उपलब्ध गरिनेछ । 

टिकटभण्डार डटकममा अनलाइन भुक्तानीको सुविधासमेत रहेको छ । टिकटभण्डार डट कमबाट विश्वको जुनसुकै स्थानमा यात्रा गर्न ५०० भन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सकिने सिलिङ्क्स ट्राभल्सले जनाएको छ । 

सिलिङ्क्स ट्राभल्ससँग रहेका १ हजार ५०० भन्दा बढी बिटुबी ग्राहक, १० लाखभन्दा बढी बिटुसी ग्राहक र आगामी दिनमा थपिने नयाँ ग्राहकले विश्वको जुनसुकै स्थानबाट जुनसुकै समयमा हवाइ टिकट अनलाइन बुक गर्न टिकटभण्डार डटकमबाट सक्नेछन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित