पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो « Khabarhub

पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ। सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न गरिसक्नुपर्नेछ।

रु एक अर्ब १३ करोडको लागतमा विस्तार हुने पुल्चोक–गोन्द्राङ सडक छ लेनको हुनेछ। सडकको दायाँबायाँ ११.५–११.५ मिटर कालोपत्र हुनेछ भने सडकको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन रहने छ।

साथै तीनदेखि चार मिटरको फुटपाथ हुनेछ भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक हुनेछ। पुल्चोकबाट लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म फरक–फरक डिजाइन रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार गोन्द्राङबाट चौबीसकोठीसम्म एक्सप्रेस वे (बीचको द्रुतमार्ग)को काम भइरहेको छ। एक्सप्रेस वेमा बेस र सवबेसको काम भइरहेको छ। उक्त काम सकिएपछि पहिलो तहको काम सुरु हुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर चण्डेश्वर शाहले जानकारी दिए।

उहाँका अनुसार गोन्द्राङबाट केन्द्रीय बस टर्मिनलसम्म भने पहिलो तहको काम हाल सम्पन्न भइसकेको छ। उक्त खण्डमा दोस्रो र तेस्रो तह एवं ढलको काम हुन बाँकी छ। केही दिनमै बसपार्कबाट चौबीसकोठीसम्म पहिलो तहको काम पनि सुरु हुनेछ। छेउको बाटो (सर्भिस लेन)मा भने गोन्द्राङबाट चौबिसकोठीसम्म पहिलो तहको काम सम्पन्न भइसकेको छ।

एक्सप्रेस वेमा उच्चस्तरको बेस (डिभिएम)को पहिलो तहको काम सकिएपछि सर्भिस लेनमा दोस्रो र तेस्रो तहको काम सु्रु हुने उनले बताए। त्यसपछि एक्सप्रेस वेमा पनि दोस्रो र तेस्रो तहको काम हुनेछ।

तिहारपछि चौबीसकोठीबाट पुल्चोकसम्मको काम पनि सुरु गरिने शाहले बताए। उक्त खण्डमा बिजुली पोल, खानेपानीको पाइपको काम तथा केही संरचना भत्काउन पर्नेछ। हाल खानेपानीको पाइप हटाउनका लागि खानेपानी कार्यालयले बोलपत्र आह्वान गरिसकेको छ भने बिजुलीको पोल हटाउनका लागि विद्युत् कार्यालयसँग पनि समन्वय भइरहेको इञ्जीनियर शाहले जानकारी दिए।

उहाँका अनुसार स्थानीय तहको निर्वाचन तथा विभिन्न चाडपर्वका कारण कामले तीव्रता लिन सकेको थिएन। त्यसमाथि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पनि काम प्रभावित हुनसक्ने उनको भनाइ छ।

सम्झौता मिति सकिन चार महिनामात्रै बाँकी रहे पनि निर्माण कम्पनीले भने तोकिएकै मितिमा काम सम्पन्न गर्ने दाबीसमेत गरेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १२ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित