सर्वदलीय बैठकमा आज पनि एमाले नजाने « Khabarhub

सर्वदलीय बैठकमा आज पनि एमाले नजाने

विष्णु रिमालको प्रश्न- आज सर्वदलीय बैठक छ र ?


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार बिहानै सर्वदलीय बैठक बस्दैछ। स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सहभागी नहुने भएको छ।

एमाले उपमहासचिव विष्णु रिमालले आफूहरुलाई औपचारिक जानकारी नभएको बताए। मिडियामा सर्वदलीय बैठकको समाचार बढेको तर एमालेलाई औपचारिक जानकारी नभएको उनको भनाइ छ।

रिमालले मिडियामा खबर आए लगत्तै प्रतिपक्षी दल एमाले बालुवाटार नदौडिने बताए। ‘आज सर्वदलीय बैठक छ र ?’, खबरहबसँग कुरा गर्दै रिमालले भने, ‘मिडियामा समाचार देख्ने बित्तिकै एमाले बालुवाटार दौडिने कुरा भएन। हामीलाई औपचारिक वा अनौपचारिक कुनै जानकारी गराइएको छैन।’ उनले जानकारी नै नभएको बैठकमा एमाले उपस्थित नहुने प्रष्ट पारे।

यसअघिसमेत प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन। पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी ओलीसँग बालकोट पुगेर भेट गरेका थिए। ओलीसँगको भेटेपछि देउवाले शनिबारका लागि बैठक बोलाएका हुन्। देउवाले शुक्रबार साँझ शनिबार बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको दाबी प्रधानमन्त्रीको निजी सचिवालयले गरेको छ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सार्वदलीय बैठक बोलाउनुअघि सत्ता गठबन्धनसँगै काँग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए।

सुरुमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताउँदै देउवाले महामारीको समयमा निर्वाचन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

प्रतिपक्षी दल एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै सरकारप्रति आपत्ति प्रकट गर्दै आएको छ। सोही विषयलाई लिएर निरन्तर संसद् अवरुद्ध गर्दै आएको एमालेले बालुवाटार बैठक अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित