तारकेश्वरमा शिक्षा र खानेपानी उच्च प्राथमिकतामा  « Khabarhub

तारकेश्वरमा शिक्षा र खानेपानी उच्च प्राथमिकतामा 


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तारकेश्वर– काठमाडौँको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिका भित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ६ करोड बजेट विनियोजन गरेको हो ।

नगरपालिका भित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति रङ्गशाला, पिपलडाँडा खेल मैदान र डाँडागाउँ खेल  मैदानलाई चालु आवमा पाँच करोड ५० लाख रकम विनियोजन गरेको नगरप्रमुख कृष्णहरि महर्जनले जानकारी दिए । यस्तै, नगरपालिकामा बसोबास गर्ने विभिन्न जातिका भाषा, संस्कृति, कला र स्थानीय परम्परा संरक्षण, स्थानीय परम्परागत संस्कृति संरक्षण गर्न गुठी अक्षयकोषको स्थापना, वडा नं ४ मा रहेको शेषमती नदी  संरक्षण गर्ने नीति सो नगरपालिकाले लिएको छ ।

तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न चालु आवमा आठ करोड भन्दा बढी रकम  विनियोजन गरेको छ । त्यस्तै ११औँ नगरसभाबाट नगरपालिकाको शिक्षा ऐन २०७६ मा संशोधन गरी सामुदायिक विद्यालयका व्यवस्थापन समिति जनप्रतिनिधिकै नेतृत्वमा रहने गरी उनीहरूलाई सामुदायिक विद्यालयप्रति थप जिम्मेवार र उत्तरदायी बनाइएको छ ।

तारकेश्वरले आइपर्न सक्ने विपद्को पूर्व तयारी स्वरूप अग्नि नियन्त्रक, शव वाहन,  भौतिक संरचनाको गुणस्तर वृद्धि गर्न रोड रोलर तथा सामुदायिक विद्यालयको विद्यार्थी कक्षा निरन्तर दर न्यूनीकरण गर्न स्कुल बस खरिदका लागि चार करोड ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख महर्जनले बताए।

विपद् जोखिम न्यूनीकरण गर्न तारकेश्वरका पीडित नगरवासीलाई भौतिक सम्पत्तिमा थप क्षति हुन नदिन मागका आधारमा त्रिपाल वितरण गर्नुका साथै खोलाको सतहलाई व्यवस्थापन गरी बस्ती डुबानलाई न्यूनीकरण गरिएको छ । सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित बनाई प्रतिस्पर्धात्मक र पारदर्शिता कायम राख्न नगरपालिकाबाट हुने सबै खालका ठेक्कापट्टामार्फत गर्नुपर्ने खरिद तथा बिक्री प्रक्रियालाई पारदर्शी बनाउनुका साथै नगरपालिका भित्रै एनआईसी एशिया बैँकको काउण्टर राखेर कर तथा दस्तुर भुक्तानीका लागि सहज बनाइएको छ ।

नगरपालिकाबाट प्रदान गरिने सेवा व्यवस्थित गर्न एकद्वार सेवा प्रणालीका लागि आवश्यक संरचना निर्माण तथा सेवा सञ्चालन गरिएको छ । उज्यालो नगर कार्यक्रम अन्तर्गत मुख्य सडक, सहायक सडक तथा बस्तीमा क्रमागत रूपमा सौर्यबत्ती जडान कार्य हुनुका साथै वडा नं २ मा बाढीले पुल बगाएकोमा तत्कालै सोही ठाउँमा पुल निर्माण सुरु गरिएको बताइएको छ । उज्यालो नगर सुरक्षित नगर कार्यक्रम अन्तर्गत सडक बत्ती तथा सिसी क्यामेरा जडानका लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा लैजान लागिएको नगरप्रमुख महर्जनले बताए।

नगरवासीलाई उचित र समयमा नै घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुरूप प्रत्येक वडाका स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुचारु गरिएको छ । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एक्स-रे, अल्ट्रासाउण्ड, ल्याब सञ्चालनार्थ आवश्यक उपकरण खरिद गरिसकिएको बताइएको छ ।

संघीय सरकारको मार्गदर्शन पालना गर्दै प्रशासनिक खर्च कटौती, पुँजीगत खर्च वृद्धि, दरबन्दीभन्दा बढी रहेका कर्मचारी कटौती गरी चुस्त, दुरुस्त र प्रविधिमैत्री संरचना निर्माण तथा कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ । प्रशासनिक खर्चमा मितव्ययी र पारदर्शी नीति अवलम्बन गर्दै भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गरिएको छ ।

आफूले पाउने मासिक आर्थिक सेवा सुविधा नलिई उक्त रकम समाजमा रहेका विपन्न बालबालिका तथा ज्येष्ठ नागरिकलाई वितरण गर्ने योजना तय भएको महर्जनले बताए । तारकेश्वरवासीलाई विद्युतीय सेवा नजिकबाटै उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय धर्मस्थलीको स्थापना गर्ने कार्य सुरु भएको साथै नगरभित्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसमक्ष प्रस्ताव पेस गरिएको बताइएको छ । नगरपालिकाभित्र हरियाली नगर कार्यक्रमको समेत शुभारम्भ गरिसकिएको छ

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित