सूर्योदयको मेयरमा राई दोहोरिए, उपमेयरमा नयाँ अनुहार « Khabarhub

सूर्योदयको मेयरमा राई दोहोरिए, उपमेयरमा नयाँ अनुहार


७ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले १२ हजार ४३१ मत ल्याएर नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले दश हजार ५७९ मत पाएका छन् ।काजिमान प्रदेश सासंदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए ।

राई सूर्योदय नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । राई २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भएर नगरप्रमुख निर्वाचित भएका थिए ।

उपप्रमुखमा कांग्रेसकी दुर्गा बराल निर्वाचित भए । उनले एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई पराजित गरेका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका बरालले ११ हजार ८५४ मत प्राप्त गरेका छन् भने भट्टराईले नौ हजार १२२ मत प्राप्त गरिन् । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी भट्टराई उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उपप्रमुख दोहोर्‍याउने उनको चाहना काँग्रेसका बरालले पुरा हुन दिएनन् ।

सूर्योदय नगरपालिकामा वडाको नतिजा हेर्नुहोस्
१ – राजकुमार सेरेङ- कांग्रेस
२ – डिक बम्जन -एमाले
३ – लोकबहादुर प्रधान – कांग्रेस
४ – शरण राई -नेकपा एस
५ – उर्गेन बम्जन – कांग्रेस
६ – शिवकुमार बस्नेत -एमाले
७ – एलबी राई – कांग्रेस
८ – जंग गुरुङ – कांग्रेस
९ – देवेन्द्र आचार्य – नेकपा एस
१० – पेमा उर्गेन (भाइचुङ) -नेकपा एस
११ – सन्तोष राई – कांग्रेस
१२ – डोलेन्द्र भारध्वज -नेकपा एस
१३ – हेम आचार्य -एमाले
१४ – बलबहादुर समाल – कांग्रेस

एमाले र गठबन्धन पाँच-पाँच पालिकामा विजयी  

इलाम नगरपालिका प्रमुखमा कांग्रेसकी केदार थापा, उपाध्यक्षमा कांग्रेसकै बिष्णु सुब्बा

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तुला गुरुङ, उपाध्यक्षमा नेकपा एसका हरी लुङ्गेली मगर

रोङ गाउँपालिका अध्यक्षमा काँग्रेसका मणीकुमार स्याङबो (सुवास) र उपाध्यक्षमा एमालेकी विष्णु माया भुजेल

चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ, उपाध्यक्षमा एमालेकी दिलु लावती

देउमाई नगरपालिका प्रमुखमा एमालेका सूर्य पोख्रेल, उपप्रमुखमा एमालेकी पविमाया राई

माई नगरपालिका प्रमुखमा एमालेका खम्बसिंङ लिम्बु, उपप्रमुखमा एमालेकी हिमा भण्डारी

फाकफोकथुम गाउँपालिमाको अध्यक्षमा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा एमालेकी कल्पना राई

माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद नेम्वाङ

माइजोगमाई गाउँपालिका अध्यक्षमा कुशबहादु राई र उपाध्यक्षमा काँग्रेसकी प्रविना राई

प्रमुख-उपप्रमुख पनि गठबन्धन र एमालेको बराबरी 

इलाममा नेकपा एमालेका तर्फबाट १० जना प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका सात जना प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एसको तर्फबाट प्रमुख र उपाध्यक्ष गरी दुई जना निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका एक उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनबाट एक प्रमुख र दुई उपाध्यक्ष पाएको माओवादी केन्द्रले भने प्रमुख र उपाध्यक्ष पदमा विजयी हुन सकेन ।

गठबन्धनबाट माई नगरपालिकाको प्रमुख, चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रले पाएको थियो । गठबन्धन कायम रहेमा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र गठबन्धनको मत बराबर हुने भएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख उपप्रमुख अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । एमाले र गठबन्धनको बराबरी मत भएपछि जिल्ला समन्वय समितिको निर्वाचन रोचक हुने भएको छ ।

सूर्योदयको मत परिणाम सार्वजनिक भएसँगै इलाममा मतगणना कार्य सम्पन्न भएको छ ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ११ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित