डिजिटल स्वाइल ल्यावबाट माटो परिक्षण सुरु « Khabarhub

डिजिटल स्वाइल ल्यावबाट माटो परिक्षण सुरु


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरिएको छ । हालसम्म किट बक्सबाट माटो परीक्षण गर्दैआएको कृषि ज्ञान केन्द्रले नवौं विश्व माटो दिवसको अवसरमा गत १७ मंसिरदेखि डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरेको हो । 

किट बक्स विधिबाट रंगको आधारमा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको मात्रा मात्र जाँच गर्ने गरिएकामा डिजिटल स्वाइल ल्यावबाट नाइट्रोजन, फस्फोरस, पोटास, पिएचदेखि अर्गानिक कार्वन, जिंक, सल्फर, आइरन, कपर, म्याग्नेस र वोरनको मात्रा पनि पत्ता लाग्ने कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जय पण्डितले बताए । 

कृषि ज्ञान केन्द्रले हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकाभित्रका किसानले ल्याएका माटोको नमुना परीक्षण गरिरहेको छ । डिजिटल स्वाइल टेस्टिङ मिनिल्याव ल्याएपछि ल्यावमार्फत माटोको उर्वराशक्ति परीक्षणको सेवा सुरु गरिएको हो । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षणका लागि सुनसरीको झुम्का पुग्नुपर्ने बाध्यता थियो । 

शिविर सञ्चालन गरेर किट बक्सबाट परीक्षण गर्दा रंगको आधारमा कम, मध्यम र अधिकमा माटोको वर्गीकरण गर्ने गरिएकामा डिजिटल स्वाइल ल्यावबाट भने अंकमै उर्वराशक्तीको मात्रा थाहा हुने कृषि प्रशार अधिकृत पण्डितले बताए । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षण गरेपछि माटोमा हाल्नुपर्ने मलखादको मात्राका बारेमा समेत थाहा हुने ज्ञान केन्द्रले जनाएको छ । 

माटोको उर्वराशक्ति परीक्षणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकांश माटोमा अम्लीयपन र क्षारियपनकाे मात्रा अधिक देखिएको छ । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रशार अधिकृत पण्डितले बताए । 

माटोको परीक्षणपछि माटोको उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको मल प्रयोग गर्ने र सोही किसिमको खाद्यबाली लगाउने टुंगो गरिन्छ । तर माटो परीक्षण गर्ने र उपचार गरेर खेतीपाती गर्ने प्रचलन भने अझै व्यापक बन्न सकेको छैन । 

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित