पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी « Khabarhub

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


६ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्।

उनीहरु दुवै दोस्रो कार्यकालका लागि विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा गठबन्धनका नेकपा (माओवादी केन्द्र) का दोर्जे स्याङ्बोले चार हजार ४५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी गङ्गा चापागाईंले चार हजार ३९३ मत प्राप्त गरे।

पालिकामा एमालेले छ, राप्रपाले एक र कांग्रेसले एक वडा जितेको छ। योसँगै सिन्धुपाल्चोकमा कांग्रेसले पाँच स्थानीय तह, माओवादी केन्द्रले चार र एमालेले तीन स्थानीय तहमा जितेका छन् ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको सङ्ख्यात्मक विवरण यसप्रकार छ ।

नेपाली कांग्रेस
१) हेलम्बु गाउँपालिका अध्यक्ष – निमाग्याल्जेन शेर्पा र उपाध्यक्ष – अप्सरा लामिछाने
२) भोटेकोसी गाउँपालिका अध्यक्ष – पासाङ नुर्पु शेर्पा र उपाध्यक्ष – दिक्षेन शेर्पा
३) त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष – भक्तध्वज बोहरा र उपाध्यक्ष – गीताकुमारी नेपाल
४) बाह्रबीसे नगरपालिका प्रमुख – बालकृष्ण बस्नेत र उपप्रमुख – मञ्जु तामाङ
५) मेलम्ची नगरपालिका प्रमुख – आइतमान तामाङ
६) जुगल गाउँपालिका उपाध्यक्ष – हिमाल श्रेष्ठ
७) बलेफी गाउँपालिका उपाध्यक्ष – सरु तामाङ
८) सुनकोशी गाउँपालिका उपाध्यक्ष – कान्छी लामा

नेकपा (माओवादी केन्द्र)
१) चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख – कृष्णप्रसाद सापकोटा
२) बलेफी गाउँपालिका अध्यक्ष – गङ्गा तामाङ
३) जुगल गाउँपालिका अध्यक्ष – रेशम स्याङ्बो
४) लिसङ्खु पाखर गाउँपालिका – अध्यक्ष राजु लामा

नेकपा (एमाले)
१) इन्द्रावती गाउँपालिका अध्यक्ष – झम्क नेपाल र उपाध्यक्ष – शोभाना तामाङ
२) पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष – टासी लामा र उपाध्यक्ष – सुनिता अधिकारी
३) सुनकोसी गाउँपालिका अध्यक्ष – टपेन्द्र तिमल्सिना
४) मेलम्ची नगरपालिका उपप्रमुख – उमा प्रधान
५) लिसङ्खु पाखर गाउँपालिका उपाध्यक्ष – मिठुदेवी लामा

नेकपा (एकीकृत समाजवादी)
१) चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख – सीता थापा

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित