खर्चको अनुपातमा राजस्व सङ्कलन बढी « Khabarhub

खर्चको अनुपातमा राजस्व सङ्कलन बढी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – जिल्लामा खर्चको अनुपातमा राजस्व सङ्कलन बढी रहेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा खर्चभन्दा रु एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिए।

गत आवमा झापामा रु २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजस्व सङ्कलन र रु २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उनले बताए। ‘केही जिल्लामा खर्च धान्ने पनि राजस्व सङ्कलन हुनसकेको छैन’, उनले भने, ‘झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ।’

झापामा करको दायरा बढाउने काम जारी रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले बताए। चालु आव २०७९-८० मा आन्तरिक राजस्व कार्यालय भद्रपुरलाई रु तीन अर्ब ६९ करोड २० लाख ३१ हजार राजस्व सङ्कलनको लक्ष्य छ। चालु आवको असोजसम्ममा रु ६४ करोड २४ लाख ६५ हजार राजस्व सङ्कलन भएको छ।

कार्यालयको कार्यक्षेत्रमा करदाताको सङ्ख्यासमेत बढ्दै गएको उनको भनाइ छ। हाल करिब दुई लाख करदाता करको दायरामा आएका छन्। जसमा भद्रपुर कार्यालयअन्तर्गत एक लाख २६ हजार १६, करदाता सेवा केन्द्र इलामअन्तर्गत ३५ हजार चार सय ३७ र करदारता सेवा केन्द्र फिदिमअन्तर्गत २८ हजार पाँच सय २१ करदाता छन्।

यसैबीच झापामा करदाता सप्ताह सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय भद्रपुरले गरेको सो सप्ताहको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उद्घाटन गर्दै कर्मचारीलाई करदातामैत्री बन्न आग्रह गरे। उनले कर उठाउने संरचनामा सुधार गरिएको र कर उठाउने काममा धेरै काम भएको बताए। ‘करको दायरा बढाउन निजी क्षेत्रलाई बृहत् परिचालन गर्न जरुरी छ’, उनले भने, ‘राष्ट्रिय लगानीमा ७० प्रतिशत योगदान निजी क्षेत्रको छ।’

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले व्यवसायीलाई कर शिक्षासम्बन्धी तालिमको आवश्यकता रहेको बताए। उनले खुला सीमाका कारण व्यवसायी धेरै मारमा परेको गुनासो गरे। झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले कर तिर्नु भनेको देशको विकास भएको बताए। ‘कर छल्नु ठूलो अपराध हो’, उनले भने, ‘कर तिरेरमात्र उपभोक्ताले उपभोग गर्नुपर्छ।’

नेपाल चाटर्ड एकाउन्टेन्ट सङ्घ झापाका अध्यक्ष सुशील अग्रवालले करदाता शिक्षामा धेरै ठूलो समस्या रहेको औँल्याए। करसम्बन्धी नयाँ योजना ल्याउँदा विशेषज्ञसँग छलफल गरेर ल्याउनुपर्ने उनको सुझाव छ। त्यस्तै अगुवा व्यवसायी गोविन्द पोखरेलले कर तिर्न निजी क्षेत्र तयार रहेको बताउँदै करको दरभन्दा पनि दायरा बढाउनुपर्नेमा जोड दिए।

मङ्सिर १ गते सुरु भएको कर सप्ताह ७ गतेसम्म सञ्चालन हुनेछ। सो अवसरमा कार्यालयले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मानसमेत गर्ने भएको छ। भद्रपुर कार्यालयअन्तर्गत ट्रेडिङतर्फ कनिष्का ओभरसिज प्रालि मेचीनगर, उद्योगतर्फ अम्बे भवानी प्लाइबोर्ड उद्योग प्रालि विर्तामोड र सेवातर्फ ओमसाई पाथिभरा हस्पिटल भद्रपुरलाई सम्मान गर्ने भएको छ। इलामअन्तर्गत ट्रेडिङतर्फ फिक्कल उत्तम स्टोर र पाँचथरअन्तर्गत ट्रेडिङतर्फ शिवगौरी सप्लायर्स तथा सेवातर्फ ताप्लेजुङ बहुउद्देश्यीय सहकारीलाई सम्मान गर्न लागिएको प्रमुख कर अधिकृत रिजालले जानकारी दिए।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित