फर्जी माइन्यूट खडा गरी तिलोत्तमाका नगरप्रमुखले गरे नगर सभा नै स्थगित « Khabarhub

फर्जी माइन्यूट खडा गरी तिलोत्तमाका नगरप्रमुखले गरे नगर सभा नै स्थगित


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले फर्जी माइन्यूट तयार गरी गणपूरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेका छन् । जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन ।

पटक पटक सर्दै आएको नगर सभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगरप्रमुखले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेका थिए । तर एमालेबाट निर्वाचित नगर सभा सदस्यहरूले बजेटका साथै न्यायिक समिति लगायत चार वटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगरप्रमुखले अस्वीकार गरेका थिए ।

नगर सभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगरप्रमुख खाणले नगर सभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपूरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको आरोप छ।

“नगर सभाले गठन गर्नुपर्ने विषयगत समितिहरूलाई बेवास्ता गर्ने गरी वैधानिक व्यवस्था विपरीत अघि बढ्न खोज्दा सिंगो नगरपालिकाको काममा असर पर्न सक्छ” उनले भनिन् ।

असार १० गते उपप्रमुख चौधरीले नगर सभामा बजेट प्रस्तुत गरेपछि त्यसका लागि छलफल तथा पारित गर्न असार २१ गते नगर सभाको बैठक आह्वान गरिएको थियो । तर उक्त बैठक सूचना टाँसेर असार २६ गतेका लागि सारिएको थियो । उक्त दिनको बैठक पनि स्थगित गरी शुक्रबारका लागि सारिएको थियो । यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चार वटा विषयगत समिति नगर सभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।

नगर सभामा ८८ जनाको हस्ताक्षर हुँदाहुँदै नक्कली माइन्युट खडा गरेर नगर सभा स्थगित गर्नु दुर्भाग्यपूर्ण रहेको नगर कार्यपालिकाका सदस्य सुरेन्द्र श्रीले बताए । “९१ सदस्यीय नगर सभामा ८८ जनाको हस्ताक्षर छ, तर नगरप्रमुखले विषयगत समिति गठन नगर्ने मनसायका साथ नक्कली माइन्यूट खडा गरेर नगर सभा नै स्थगित गर्नु निकै चिन्ताजनक र दुर्भाग्यपूर्ण कुरा हो, यसमा हाम्रो गम्भीर असहमति छ”–उनले भने ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा नगरप्रमुख खाणले भने फोन उठाएनन् । पटक पटकको फोन सम्पर्कको प्रयासमा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित