आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व संकलन « Khabarhub

 आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व संकलन


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चालु आर्थिक वर्षमा कूल  ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व संकलन गरेको छ । यो कूल लक्ष्यको ८७.७ प्रतिशत बराबर हो । 

कार्यालयका अनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म नौ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको संकलन गरिएको छ । यो कूल लक्ष्यको ८९.६५ प्रतिशत बराबर हो । त्यस्तै गैरकर राजश्वतर्फ एक खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ७७ अर्ब १९ करोड सात लाख बराबर संकलन भएको छ । यो कूल लक्ष्यको ६९.२३ प्रतिशत बराबर हो । 

वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त हुने लक्ष्य राखेकोमा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत बराबर प्राप्त भएको छ । चालु आव सकिन दुई दिन बाँकी छ । यसबीचमा कर तथा गैरकर राजश्व थप केही बढ्न सक्छ । सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ८८.४१ प्रतिशत बराबर रहेको कार्यालयको विवरणले जनाएको छ ।

कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७८.२२ प्रतिशत बराबरको खर्च गरेको छ । चालु आवमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये हालसम्म १२ खर्ब ७७ अर्ब २० करोड बराबर खर्च गरेको छ । त्यसमा चालु खर्चको मात्रा बढी छ । चालु आवमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो । त्यसमध्ये नौ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख बराबर खर्च भएको छ । यो कूल लक्ष्यको ९०.२६ प्रतिशत हो । 

यसैगरी विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि दुई खर्ब माथि पुगेको छ । सरकारले पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये हालसम्म दुई खर्ब छ अर्ब ३६ करोड ९७ लाख बराबर खर्च भएको छ । यो कूल विनियोजनको ५४.५८ प्रतिशत बराबर हो ।  

यस्तै वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको मध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको बजेट खर्च भएको छ । सरकारले रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म रु एक खर्ब नौ अर्ब ३४ करोड ७७ लाख बराबरको रकम उपलब्ध गराइसकेको छ । सरकारले लिएका विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि वित्तीय व्यवस्थामार्फत बजेट नै विनियोजन गर्ने गरेको छ । कूल लक्ष्यमध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको ऋणको भुक्तानी गरेको छ ।

सरकारले गत जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेको थियो । कूल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको थियो । 

कोभिड–१९ महामारीको विषम परिस्थितिबीच हालसम्मको राजश्व संकलन अवस्था सन्तोषजनक रहेको भन्दै सरकारले चालु आर्थिक वर्षमा राजश्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।  चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान थियो ।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित