होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने « Khabarhub

होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने

उच्छृंखल गतिविधि गर्नेलाई मुद्दा चलाइने


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- होलीलाई लक्षित गरेर काठमाडौँ उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको बताए ।

काठमाडौँ जिल्लामा मात्र एक हजार ७०० को संख्यामा प्रहरी परिचालन गरिनेछ । त्यस्तै ललितपुरमा ६०० भन्दा बढी र भक्तपुरमा ४०० भन्दा बढी प्रहरी परिचालन गरिने प्रवक्ता एसपी राठोरले बताए ।

उच्छृंखल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा परिचालन गरिनेछ । ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उनको भनाइ छ ।

प्रत्येक जिल्लाले आ-आफ्नो सुरक्षा योजनासमेत बनाएको उनको भनाइ छ । ‘प्रत्येक प्रहरी वृत्त, प्रभाग, प्रहरी चौकी, बिट लगायतमा समेत आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन्,’ एसपी राठोरले भने, ‘त्यसका लागि महानगरीय प्रहरी कार्यालयसँगै प्रत्येक परिसरबाट पनि आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछन् ।’

त्यस्तै तीन सयभन्दा बढी ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिनेछन् । यो नियमित परिचालन गरिने प्रहरीभन्दा थप संख्यामा होली लक्षित गरेर मात्र खटाइने उनको भनाइ छ ।

विगतका केही वर्ष कोरोना महामारीका कारण होली पर्व पनि खुम्चिएको थियो । यो वर्ष भने सबैले हर्सोल्लाहसका साथ मनाउने हुँदा त्यही आधारमा सुरक्षा योजना तयार भएको उनले बताए ।

सबै जिल्लाका प्रहरी प्रमुखसँग बसेर सुरक्षा योजना तयार पारिएको र प्रत्येक जिल्लाले छुट्टा छुट्टै सुरक्षा योजनासमेत तयार पारेको उनको भनाइ छ ।ट्राफिक प्रहरीले मापसे चेक गर्ने, ट्राफिक नियमविपरीत सवारी चलाएको हेलमेट नलगाई सवारी चलाएको जस्ता क्रियाकलाप नियन्त्रण गर्नेछ । गत वर्ष होली पर्वको बेला मात्र काठमाडौं उपत्यकामा ४७ सवारी दुर्घटनामा परेका थिए । यो वर्ष भिडभाड बढी हुने र सोही आधारमा बढ्ने सक्नेतर्फ लक्षित गरेर ट्राफिक प्रहरीले समेत योजना बनाएको उनको भनाइ छ ।

गत वर्षकाे होलीमा होहल्ला गर्ने, उच्छृङ्ख गतिविधि गर्ने १९८ जनालाई नियन्त्रण लिइएको थियो । यो वर्ष त्यस्ता गतिविधि थप बढ्ने सक्नेतर्फ सचेत हुँदै सोही आधारमा सुरक्षा योजना तयार पारिएको उनको भनाइ छ ।

पारिवारिक हिसावमा होली पर्व मनाउन सबैमा अनुरोधसमेत गरे । होलीको नाममा होहल्ला गर्ने, जबरजस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारवाही गरिने बताए । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने उनको भनाइ छ ।

प्रहरीले यसका साथै जनचेतना फैलाउने काम पनि गरिरहेको उनले बताए । सामुदायिक प्रहरीमार्फत जनचेतना फैलाउने काम पनि भइरहेको उनको भनाइ छ । ‘सामुदायिक प्रहरीमार्फत माईकिङ गर्ने, कोरोना महामारीको प्रकोप कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्ने जस्ता काम पनि गर्छौं,’ उनले भने ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित