‘न्यायिक निकायबीच समन्वय हुनुपर्छ’ « Khabarhub

‘न्यायिक निकायबीच समन्वय हुनुपर्छ’


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको आज समुद्घाटन समारोहमा उनले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताएका हुन् ।

सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरूपणमा समस्या आउने उनको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको आस्था कमजोर बन्दै गएकाले यसलाई जोगाउन लाग्नुपर्ने उनले बताए । पीडितले न्याय माग्न आए इन्कार गर्न नहुने उनले बताए । अनुसन्धान फितलो हुँदा अभियोजनमा असर पर्ने भन्दै खातीले यसले न्यायमा समेत असर पर्ने बताए ।

जनशक्तिको अभावका कारण छिटोछरितो न्याय दिन नसकिएको उनको भनाइ छ । उहाँले अहिलेको समयमा एक न्यायाधीश बराबर दुई जना सरकारी वकिल आवश्यक रहेको बताए।

सो अवसरमा नायब महान्यायाधिवक्ता कृष्णजीवी घिमिरेले भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनका लागि गृहकार्य सुरु गरिएको बताए । उनले भने, “अहिले जनशक्ति अभाव छ, यसलाई चाँडै नै पूरा गर्ने तयारीमा लागेका छौँ ।”

जिल्ला न्यायाधीश हेमन्त रावलले अहिले न्याय निरूपणका क्रममा प्रतिकूल बकपत्र समस्याको रूपमा रहेको बताए । पीडित असुरक्षित हुँदा प्रतिकूल बकपत्र आउने गरेको उनले बताए । पीडित र आवश्यक प्रमाणको संरक्षण गरी न्याय क्षेत्रमा लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उच्च अदालत हेटौँडाका सहन्यायधिवक्ता सन्देश श्रेष्ठ,  सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता महेश खत्री, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारी लगायतले बोलेका थिए।

विसं २०७६ माघ १४ गते शिलान्यास गरिएको सो कार्यालय भवनको आज उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका–१० मा १० कठ्ठा जग्गामा तीन तले भवन निर्माण गरिएको हो । रु चार करोड ९८ लाख ७१ हजार १४१ रकम बोलपत्र कबुल गरी हनुमान कन्ट्रक्सनसँग सम्झौता भई निर्माण सम्पन्न गरिएको हो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित