नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा ‘सपिङ कम्प्लेक्स’ « Khabarhub

नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा ‘सपिङ कम्प्लेक्स’


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल संगठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व दाबी गरेपछि यस्तो खुलासा भएको हो । 

बाल मन्दिरको नाममा रहेको कित्ता नम्बर ११६४ मा पर्ने १ रोपनी सात आना ३ पैसा दुई दाम जग्गामा बिना अनुमति व्यवसायिक भवन बनाएर भाडामा लगाइ अनाधिकृत प्रयोग गरेको जनाउँदै बाल मन्दिरले लिखित रुपमा जग्गा फिर्ता गर्न माग गरेको छ । नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा अनुमतिबिना व्यापारिक भवन तथा बालबालिकाको खेलमैदान निर्माणगरी भाडामा दिन लागेको बारे मौखिक जानकारी प्राप्त भएपछि रोक्का गर्न पत्राचार गर्दा हालसम्म प्रत्युत्तर प्राप्त नभएको बाल सङ्गठनका कार्यकारी अधिकृत अजयकुमार साहले लेखेको पत्रमा उल्लेख गरिएको छ । जिल्ला मालपोत कार्यालय खोटाङले सो जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको पुष्टि गरेको छ ।

सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत फागुन–३ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिक रुपमा उद्घाटन गरेका थिए । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क विसं २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । 

सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ सटर र माथिल्लो तलामा रेष्टुराँ हल, विभिन्न ‘स्टल’ सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । भाडाबापत मासिक न्यूनतम रु दुई लाख ९७ हजार राजस्व संकलन गर्ने स्रोतका रुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेनपार्क निर्माण गरिएको छ ।

चिल्ड्रेनपार्कका लागि केटाकेटी खेल्ने स्विमिङ पुल, कोलम्बस राईड स्वीङराईड लगायतका संरचना तयार पारिएको छ । यद्यपि, सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको मैदान गत असार पहिलो साता सामान्य वर्षाकै कारण भासिएपछि निर्माण कम्पनीले मर्मत गरेको थियो । सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले गत फागुन २ गते न्यूनतम दुई लाख ९७ हजारको ठेक्का आह्वान गरेको थियो । 

नगरपालिकाको लागि आम्दानीको स्रोत बनाउने उद्देश्यले निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको भाडा अझै लाग्न सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७७ भदौ २ गते सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि सरकार मन्त्रीस्तरको गत माघ २९ गतेको निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनोट भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १२ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित