स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्दछ : अध्यक्ष प्रचण्ड « Khabarhub

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्दछ : अध्यक्ष प्रचण्ड


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रीकरण गर्नुपर्ने बताए।

अध्यक्ष दाहालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहनत गरेर काम गर्न निर्देशन दिए।

उनले भने, “हामीले विजय हासिल गरेका १२१ पलिकालाई समाजवादी सत्ताका भ्रूणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । म तपाईंहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला । जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला ।”

अध्यक्ष दाहालले निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेको पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिए। माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उनको जिकिर छ ।

अध्यक्ष दाहालले पछिल्लो समय पार्टी पहिचानको सङ्कटमा परेको र जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिए। उनले भने, “हामी अहिले पहिचानको क्राइसिसमा छौँ । क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका बाहक भनेर कुरामा पहिचान छ तर व्यवहारमा त्यस्तो छैन । जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन् । अब यस पटक त्यस्तो हुनु हुँदैन ।”

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने आकलन गरिए पनि प्रभावकारी गठबन्धन नभएकाले आशातीत नतिजा प्राप्त नभएको उल्लेख गरे। माओवादी प्रभाव भएका कतिपय जिल्लाहरूमा गठबन्धनका दलहरूले तालमेलको मर्म विपरीत एमालेसँग तालमेल गरी माओवादीलाई पराजित गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले यस विषयमा गठबन्धनभित्र समीक्षा गरिने बताए।

अध्यक्ष दाहालले अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी सङ्घ र प्रदेश निर्वाचनमा समेत कायमै राखिने बताउँदै स्थानीय तहमा भन्दा आगामी निर्वाचनमा गठबन्धन गर्न सहज हुने विश्वास व्यक्त गरे।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामा सामेल हुनु संसदीय पक्ष धरता होइन भनेर बुझाउनु आवश्यक रहेको बताए । उनले भने, “हामी शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढेको हो तर पुँजीवादको सहयात्री होइनौँ । पुँजीवाद भत्काउन र समाजवादको बाटोमा जान तथा  समाजवादको आधार तयार गर्ने भन्ने अहिलेको कार्यनीति हो । पुँजीवादलाई बलियो बनाउन शान्तिपूर्ण बाटोमा छैनौँ ।”

नेता श्रेष्ठले जनताका आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काममा केन्द्रित भएर काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे। सहभागीहरूलाई स्थानीय तह सञ्चालन, कानुन निर्माणलगायत विषयमा संविधानविद् खिमलाल देवकोटालगायतले प्रशिक्षण दिएको पार्टीका प्रदेश अध्यक्ष गायत्री गुरुङले बताए। प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पार्टीका जिल्ला संयोजकले स्थानीय तह निर्वाचनका सम्बन्धमा रिपोर्टिङ गरेका थिए।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ६ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित