उदयपुरमा हालसम्म २७ प्रतिशत रोपाइँ « Khabarhub

उदयपुरमा हालसम्म २७ प्रतिशत रोपाइँ


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– यस पटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार यस पटक सुरुदेखि नै वर्षा पर्याप्त भए पनि कृषकको धानको बीउ समयमा हुर्कन नसकेका कारण जिल्लाका धेरै स्थानमा धान रोपाइँ ढिला हुन पुगेको छ । जिल्लाको मुख्य धान उत्पादन क्षेत्रको पकेट मानिएको त्रियुगा नगरपालिकाको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, बगाहा, राजाबास तथा गैरुन र चुहाडे, असारी क्षेत्रमा अझै पनि धान रोपाइँ आधा पनि सकिएको छैन । कतिपय स्थानमा रोपाइँ सुरु नै नभएको कृषक बताउँछन् ।

चौदण्डी गढी नगरपालिकाको सिवाइ, सुन्दरपुर, हडिया, बेलही, क्षेत्रमा पनि भर्खर मात्र धान रोपाइँ सुरु भएको चौदण्डी गढी नगरपालिकाका कृषक बताउँछन् । यस्तै जिल्लाको धान उत्पादन पाकेट क्षेत्र मानिने बेलका नगरपालिकाको पुरनदह, तपेस्वरी, बानडाँडा, भागलपुर, आम्बासी, सेती खोला, लालसिसुवा, जहडा, गुरुङचौरी, बरगाछी क्षेत्रमा हालसम्ममा ४० प्रतिशत मात्र धान रोपाइ भएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बत्ताउँछन् ।

कटारी नगरपालिकाको त्रिवेणी, हरैया, मरु खोला, सोमबारे रिस्कुसहितका स्थानमा पनि हालसम्ममा २५ जति मात्र धान रोपाइँ भएको स्थानीय कृषक बताउँछन् । कटारी सोमबारेका कृषक रामबहादुर दनुवार भन्छन्, ‘यस पटक सुरुदेखि नै वर्षा पर्याप्त भएको छ तर धानको बीउ अलिक ढिलो राखियो, समयमा बीउ हुर्कन नसकेका कारण अहिले धान रोपाइँ ढिलो हुने भएको छ ।’

जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भएको तर धानको बीउ हुर्कन ढिला भएका कारण धान रोपाइ निकै ढिलो हुन पुगेको कृषकले बताएका छन् । जिल्ला कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीका अनुसार यस पटक जिल्लाको तराईका चार नगरपालिका भन्दा बढी धान रोपाइँ पहाडी पालिकामा भइरहेको छ ।

लिम्चुङबुङ र उदयपुर गढी गाउँपालिकामा झन्डै ४० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । यस्तै रौतामाई गाउँपालिकामा पनि ३८ प्रतिशत रोपाइँ भएको छ भने ताप्लीमा ३५ प्रतिशत रोपाइँ भइसकेको छ । 

पहाडी गाउँ पालिकाहरूको तुलनामा तराईका चार नगरपालिकामा धानको बीउ समयमा हुर्कन नसकेका कारण धान रोपाइँ ढिलाइ हुन पुगेको कृषक बताउँछन् । उदयपुरमा १४ हजार हेक्टरमा धान खेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रका प्रमुख महेश चौधरी बताउँछन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित