‘आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक’ « Khabarhub

‘आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक’


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी  छिन् । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवर्द्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गरिन्।

मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिइन् ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकलाको निर्यात प्रवद्र्धन गरी बढ्दो व्यापारघाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिइन्। उनले नेपाली मौलिक हस्तकलामार्फत पर्यटन प्रवर्द्धनका योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने धारणा राखे ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हस्तकलाको प्रवर्द्धन विकास गर्न महासङ्घले खेलेको भूमिकाको सराहना गर्दै नेपाली हस्तकलासम्बन्धी नीतिगत सुधार र नेपाली उत्पादनको उपभोग बढाउन जरुरी रहेको बताए । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको मौलिक व्यवसायको प्रवर्द्धनका लागि लामो समयदेखि मेलाको आयोजना गरिँदै आएको जानकारी दिए।

हस्तकला व्यापार मेला

महासङ्घको आयोजनामा आजदेखि होटल हायातमा १९ औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता आयोजना भएको छ । नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थानमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ मेला आयोजना गरिएको संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए ।

मेलामार्फत एउटै छातामुनि हस्तकला प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर गरिने उनले उल्लेख गरे ।

मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मेलामा चारवटा प्याभिलियनसहित करिब एक सय ३० स्टल रहने आयोजकले जनाएको छ । महासङ्घका अनुसार हाल करिब १२ अर्ब बराबरका हस्तकला विश्वका ६० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ । वार्षिक कुल २४ अर्ब हाराहारीको हस्तकलाको कारोबार हुने गरेको छ । त्यस्तै हस्तकला उद्योग व्यवसायमा करिब  आठ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेको महासङ्घले जनाएको छ ।


प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित