पीपीसी ढलानको छड्के अनुगमन « Khabarhub

पीपीसी ढलानको छड्के अनुगमन


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- स्टीमेट अनुसार पीपीसी ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग-वडा कार्यालय सडकको पीसीसी ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन्।

असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए।

सुटुक्क निर्माणस्थल पुगेका मेयर भट्टराईले वडाध्यक्ष लिलाकुमार चौहान, निर्माण उपभोक्ता समिति र स्थानीयसँग भेटघाट गरेर ढलानको विषयमा सत्यतथ्य जानकारी लिएका छन्।

मध्यपहाडीबाट वडा कार्यालय-स्वास्थ्यचौकी पुग्ने बाँकी ५५० मिटर खण्डमा पिसिसि ढलान भइरहेको छ। तर पिसिसि ढलानका क्रममा प्राविधिक स्टिमेट अनुसार सव-वेस नलगाएको, ढलानमा रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको गठबन्धन पक्षीय नेताको दावी छ।

नगरपालिकाको आर्थिक वर्ष २०७८-०७९ को पुर्वाधार विकास कार्यक्रम शिर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा पिसिसि ढलानको काम सुरु गरिएको हो। स्टीमेट कुल्चिएर काम भएको भन्दै गठबन्धन पक्षधरले विरोध जनाएपछि पटक-पटक पिसिसि ढलानको काम रोकिएको थियो।

एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानमाथि भेला नगरी आफुखुसी सडक ढलान उपभोक्ता समिति गठन गरेको, बदनियतपुवर्क किर्ते कागजात खडा गरी अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीका बारेमा बेखबर रहेको, योजनाको लागत रकम, स्टीमेट र कामको प्रकृति बारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको आरोप छ।

गत १९ पुसमा अनुगमनमा पुगेको नगरपालिकाका प्राविधिकले गुणस्तरहीन काम भएको भन्दै काम रोक्का गरेको, निर्माणकै चरणमा सडकको ढलान पड्किएको र सव-वेस नलगाइएकाले मुनिबाट ओढार परिसकेको गठबन्धन दलको दावी छ। वडाध्यक्ष चौहानले भने राजनैतिक पुर्वाग्रह राखेर सडक ढलानमा अवरोध सिर्जना गरिएको बताउँछन्।
वर्षाले खोतलियो कालोपत्रे

मध्यपहाडी लोकमार्गदेखि केहीमाथि रहेको वडा कार्यालय पुग्ने सडकको कालोपत्रे भलपानीले खोतलेको छ। मध्यपहाडी कालोपत्रेको काम गरेको रमण गोल्डेन गुड जेभीका प्रतिनिधि साङ्गे शेर्पाले आर्थिक वर्ष २०७७-०७८ मा वडा कार्यालय जाने सडकको ३२० मिटर खण्ड कालोपत्रे गरिदिएका थिए। वर्षाको भलपानी कारण नाली खोतलिएर खोल्सो बनेको देखिएको छ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित