जुम्लामा भकारो सुधार कार्यक्रमले ग्रामीण भेगका किसानको उत्पादन बढ्यो « Khabarhub

जुम्लामा भकारो सुधार कार्यक्रमले ग्रामीण भेगका किसानको उत्पादन बढ्यो


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ( जुम्लाका ग्रामीण भेगका किसानलाई मलको जोहो गर्नका लागि भकारो सुधार कार्यक्रम लागू भएको छ ।

पशुचौपायाको मल व्यवस्थापन गरी खेतबारीमा लगाउँदा बाली सप्रने तथा रासायनिक मलको कम प्रयोगबाटै उत्पादन बढाउन सकिने भएपछि भकारो सुधार कार्यक्रम मालिका बोताका किसानले अगाडि सारेका हुन् ।

कृषि विकास कार्यालय जुम्लाको श्री अर्ग्यानिक कृर्षि उत्पादन समूह मालिका बोताको समन्वयमा किसानका लागी भकारो सुधार गर्न कार्यक्रम लागू गरेको प्राङगारिक कृर्षि प्रवर्द्धन अधिकृत ट्रम शाहीले बताए ।

उनले भने, ‘किसानले उत्पादन गर्ने गोठे मलको गुणस्तर कायम गर्नका लागी यो कार्यक्रम लागू गरिएको हो ।’ उनका अनुसार कनकासुन्दरी गाउँपालिका २ मालिका बोतामा ७० वटा किसानलाई भकारो सुधार कार्यक्रम पाएका हुन् ।

उनीहरूको समूहको तर्फबाट ३० प्रतिशत र अनुदान र बाँकी कृर्षि विकास कार्यालयको सहयोगमा त्यहाँका अर्ग्यानिक कृर्षि उत्पादन समूहमा आबद्ध किसानले पाएका हुन् ।

भकारो सुधार कार्यक्रमको मुख्य उद्देश्य भनेको चौपायाको गोबर र मूत्रलाई छुट्टाछुट्टै व्यवस्थापन गरी मलको व्यवस्थापन गर्ने रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए ।

उनले भने, ‘चौपायाको गोबरलाई समेत छानो बनाएर छानोमुनि गोबर संकलन गर्दा मल कडा हुने र घाममा सुक्दा मलको शक्ति गुम्न सक्ने भएकाले छानो बनाएर संकलन गर्ने गरिएको हो । अधिकारीका अनुसार भकारो सुधार कार्यक्रमले किसानले लगाएको बालीमा व्यवस्थित मलजल गर्न सकिने छ ।

‘एकातर्फ गाईबस्तु बस्ने व्यवस्था समेत सहज हुन्छ, खाल्डाखुल्डी हुँदैन’, उनले भने, ‘ढलान गरेको ठाउँमा बस्ने व्यवस्था हुन्छ, त्योसँगै मूत्र र गोबरको व्यवस्थापन छुट्टाछुट्टै हुँदा मलको उचित व्यवस्थापन समेत हुन्छ।’भकारो सुधार कार्यक्रमले चौपायाको गोबर र मूत्रले छुट्टाछुट्टै मलको काम गर्ने भएकाले व्यवस्थित भएको किसान रत्न रावतले बताए ।

गाईभैंसीको मूत्रले बालीनालीको कीराहरू मार्ने कार्यसमेत हुने भएकाले केही विषादीको कामसमेत सोही मूत्र मलबाट बनाउन सकिने किसान रावतको अनुभव छ।गोठको भुईँ ढलान गर्ने मूत्र संकलन गर्ने तथा गोबर मललाई उचित वातावरणमा कुहिने व्यवस्था गर्ने कार्य नै भकारो सुधार हो’, गहुकला रावतले भनिन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित