इंग्ल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमध्ये कुन टिम फाइनल पुग्छ ? « Khabarhub

टी-ट्वान्टी विश्वकप

इंग्ल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमध्ये कुन टिम फाइनल पुग्छ ?

सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाको चुनौति कति भारी पर्ला ?


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा ग्रुप १ सबैका लागि चासोको क्रिकेट समूह मानिएको छ। समूह चरणका खेल चलिरहँदा अब एक एक खेल बाँकी छ। जसले विश्व क्रिकेटका पावर हाउस र चर्चित मानिने अष्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्ड एउटै समूहमा छन्।

कूल ६ वटा टिममध्ये अब तीन वटा टिमको मात्रै सम्भावना छ, जो सेमिफाइनल हुँदै फाइनल पुग्ने टिम एउटा मात्रै हुनेछ। दुई वटै टिम फाइनल पुग्न ग्रुप २ का भारत र दक्षिण अफ्रिकाको चुनौती पन्छाउनुपर्नेछ।

यद्यपि यसमध्ये अहिले एउटै समूहमा रहेका र बराबरी नै जित हासिल गरेर सेमिफाइनल समीकरण बनाउनै चुनौती खेपिरहेका तीन वटा टिमको चर्चा गरौँ।

वर्षाले दिएको राहत र रहस्यका कारण यो समूहका शक्तिशाली टिम अहिले सेमिफाइनल कसरी पुग्ने भन्ने चिन्तामा छन्। त्यसमा सबैभन्दा ठूलो चिन्ता घरेलु टिम अष्ट्रेलियालाई छ। रोचक के भने तीन वटै टिमको समान पाँच पाँच अंक छ।

दुई दुई खेल जितेका तीन वटै टिमले एउटा एउटा हार व्यहोरेका छन्। अनि वर्षाका कारण तीन वटै टिमले एक एक खेलमा अंक बाँड्नु परेको छ। यस्तो अवस्थामा अन्तिम खेल जसले जित्छ, उसैको सेमिफाइनल पुग्ने सम्भावना बलियो छ।

तर तीनै टिमका लागि जितेर मात्रै हुँदैन, कति फराकिलो अन्तर निकाल्न सकियो त्यसले खेलको रनरेटमा फरक पार्नेछ र सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ। यसमा पनि सबैभन्दा कठिन अष्ट्रेलियालाई छ। जसको रनरेट माइनसमा छ।

आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डले आयरल्याण्डसँग खेल्नेछ। शुक्रबार हुने यो खेलमा न्युजिल्याण्ड विजयी हुने अपेक्षा छ। तर आयरल्याण्ड त्यही टिम हो, जसले इंग्ल्याण्डलाई हराएर आफूलाई टी–ट्वान्टीमा रहस्यमय टिमका रुपमा साबित गरेको छ। वर्षाका कारण खेल बीचमै रोकिएपछि आयरल्याण्डले जित हासिल गरेको थियो।

अष्ट्रेलियाले अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ। एसियाको नयाँ शक्तिशाली टिमका रुपमा अफगानिस्तानको उदय भइरहेको छ। जसले पहिलो खेलमै श्रीलंकालाई हराएर सनसनी मच्चाएको थियो। यो टिमलाई ठूलो रनरेटले हराउनु अष्ट्रेलियाका लागि ठुलो चुनौती छ।

इंग्ल्याण्डले अन्तिम खेल श्रीलंकासँग खेल्दैछ। श्रीलंका आफैमा खतरानाक टिम हो। यो टिममा बलर र ब्याटर जतिबेला पनि चल्न सक्छन्। जसले जसलाई पनि हराउन सक्छन्। त्यसैले अन्तिम खेलमा जित निकाल्न इंग्ल्याण्डलाई पनि सहज छैन। त्यसमा पनि फराकिलो जित वा राम्रो रनरेटमा।

अब यी तीन वटै टिममध्ये जसले जित्छ उसले ७ अंक बनाएर सेमिफाइनल पुग्नेछ। हार्ने टिमको सम्भावना त्यतिकै सकिनेछ। तर जितेर राम्रो रनरेट जसले बनाउनेछ, त्यो टिम सेमिफाइनल पुग्नेछ। अहिलेकै अवस्थामा निरन्तर जित जारी रहेको खण्डमा न्युजिल्याण्ड र इंग्ल्याण्डको सम्भावना बलियो छ।

तर वर्षा, कमजोर टिमको पनि सनसनी प्रदर्शन हुने हो भने बलिया टिम पनि निराश भएर घर फर्किनुपर्ने हुन सक्छ। यद्यपि ग्रुप २ मा भारत र दक्षिण अफ्रिका जस्ता बलिया टिम भएकाले पनि यी टिममध्ये जो फाइनल पुगे पनि उपाधि जित्ने सम्भावना सेमिफाइनल पुगेका सबै टिमको बराबरी हुनेछ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित