पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन राप्रपाको माग « Khabarhub

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन राप्रपाको माग


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ । पार्टीको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले सो माग गरेको हो । पार्टीले सार्वजनिक विदाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

राप्रपाले देशभर पुस २७ मा पृथ्वी जयन्ती मनाउनेसमेत निर्णय गरेको छ। यस्तै बैठकले पार्टीमा नयाँ प्रवेश गरेकाहरुलाई जिम्मेवारी दिनेलगायतका निर्णयहरु गरेको छ ।

प्रेस विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मा राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले देहाय बमोजिम निर्णयहरु गरेको छ :

१ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको उपलक्ष्यमा पुस २७ गते सार्वजनिक विदा घोषणा गर्न सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष ज्ञापनपत्र बुझाउने ।

२ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ति पुस २७ गते सवै जिल्लाहरुमा सार्वजनिक स्थानमा नारा, जुलुस, सभाको आयोजना गरी मनाउने र काठमाडौँ उपत्यकाको हकमा तिनै जिल्लाहरुका पार्टीका पदाधिकारी, सदस्य, समर्थक, सुभचिन्तक भृकुटिमण्डपमा विहानको ११ः३० बजे जम्मा भई सिंहदरबार स्थित श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण तथा सम्मान अर्पण गर्ने ।

३ राष्ट्रिय प्रजातन्त्र पार्टी, काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको मिति २०७८ पुस १४ गते बसेको विशेष बैठकले गरेको सिफारिस अनुसार पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा, सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरिएको छ ।

४ राष्ट्रिय प्रजातन्त्र पार्टीमा सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, पूर्व बरिष्ठ प्रहरी उपरिक्षक दिपक रन्जित, कृषि उद्यमी तथा कृषि समूहका अध्यक्ष तेज बिक्रम थापा, बुद्ध धर्मका गुरु लाक्पा तामाङ, साधना कला केन्द्रका अध्यक्ष संगितकार मिलन मोक्तान, धार्मिक, सामाजिक अभियन्ता अमर परियार, नेपालका लागि नेपाली पार्टीका केन्द्रीय सचिव सुर्दशन थापा, धार्मिक बिभाग प्रमुख दिपक सुवेदी, महिला संगठन अध्यक्ष हुमा पाण्डे, शिव सेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेत, राष्ट्रवादी विकासशील अभियान नेपालका संयोजक कमलराज श्रेष्ठ लगायत विभिन्न क्षेत्रका १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश गर्नु भएकोमा वहाँहरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने निर्णय गरियो ।

५ स्थानीय तह निर्वाचन परिचालन समितिको सदस्यहरुमा प्राडा जयन्तनाथ खनाल, केन्द्रीय सदस्य डाराजेश गिरी र केन्द्रीय सदस्य आशा लामालाई मनोनयन गर्ने निर्णय गरियो ।

भुवन पाठक
महामन्त्री

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित