एमाले स्थायी कमिटी बैठक स्थगित, एकताका लागि अझै प्रयास गर्ने « Khabarhub

एमाले स्थायी कमिटी बैठक स्थगित, एकताका लागि अझै प्रयास गर्ने


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आज भएको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका बारेमा भइरहेका प्रयासका बारेमा बैठकलाई जानकारी गराएपछि भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

बैठकपछि नेता नेम्वाङले भने, ‘स्थायी कमिटीको बैठकमा अहिलेको पार्टीको एकताको सन्दर्भमा भइरहेका प्रयासहरुको बारेमा मैले जानकारी गराएँ । आज मात्रै पनि हामीले यससम्बन्धी छलफल अघि बढाएको र यसैको आधारमा पार्टीलाई एकताबद्ध बनाउन प्रयास अगाडि बढाइएको मैले जानकारी गराएँ । त्यसपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ ।’

आजको बैठकमा अरु कुनै पनि एजेण्डामाथि छलफल नभएको नेता नेम्वाङले जानकारी दिए । उनले पार्टी एकता जोगाउनका लागि शनिबार समेत विघटित कार्य दलमा रहेका स्थायी कमिटी सदस्यहरुका बीचमा छलफल भएको र पार्टी एकता जोगाउन निरन्तर छलफल गरिरहेको बताए ।

शनिबार बिहान सिंहदरबारमा कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । त्यसपछि उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेको नेता नेम्वाङले जानकारी दिए । उनले भने, ‘आजको लागि अरु विषयमा प्रवेश नगरी स्थगित गरिएको छ । पार्टी एकताको सन्दर्भमा हामी निरन्तर लागिरहेका छौँ । प्रयासहरु अघि बढाएका छौँ । आजै बिहान पनि सिंहदरबारमा बस्यौँ । हिजो कार्यदलमा रहेका स्थायी कमिटीका केही साथीहरु बसेर छलफल गरेका थियौँ । पार्टी एकतालाई कसरी ठोस निष्कर्षमा पुर्‍याउने लगायतका बारेमा छलफल गरेका थियौँ ।’

पार्टीलाई एकताबद्ध गर्न निरन्तर छलफल गरिरहेको भन्दै उनले भने, ‘भीम रावल लगायतका नेताहरु माधवकुमार नेपालसँग कुरा गर्नका लागि त्यता लाग्नुभएको छ । अहिले पनि नथाकिकन पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौँ ।’

यसअघि आजै बिहान मात्रै एमालेले बनाएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित