कोरोना कहरकैबीच मनाइयो श्रीकृष्ण जन्माष्टमी (फोटोफिचर) « Khabarhub

कोरोना कहरकैबीच मनाइयो श्रीकृष्ण जन्माष्टमी (फोटोफिचर)


१४ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- मुलुकभर श्रीकृष्ण भगवानको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा भीडभाड नगरी पर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेपनि मन्दिरहरुमा भक्तजनको भीड लागेको थियो ।

काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको थियो ।

हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको हो ।

कृष्णको पूजा तथा दर्शनका लागि मन्दिर बाहिर एक कलशमा पूजा गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधर राजोपाध्यायले बताए ।

उनले भने, “मन्दिरका १२ पुजारीले लगभग दिउँसो ११ बजेसम्म नित्य पूजा सकेर दिउँसो लगभग तीन घण्टा विष्णु रुद्धि गरेका थियौँ ।”

नियमानुसार मन्दिरमा गए राति १२ बजेपछि कृष्णको पूजा गर्नुपथ्र्यो तर कोरोनाको महामारीलाई ध्यानमा राखी बिहान ५ बजे सम्पन्न गरेर सर्वसाधारणलाई पनि मौका दिइएको पुजारी राजोपाध्यायको भनाइ थियो ।

भरे बेलुका मध्यान्न १२ बजे कृष्णको जन्म भएपछि एक पटक आरती गर्ने अनि महाप्रसादका रुपमा अदुवा, चाकु, नून र ज्वानो खाने चलन छ । यो जात्रा छोटकरीमा गर्ने सहमति भएकैले ६० स्वयंसेवक खडा गरी एकै लाइनमा महिला र पुरुषलाई दर्शनका लागि बाहिरै व्यवस्था मिलाइएको मङ्गल टोलसुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए ।

पहिले झै गत वर्ष र यस वर्ष पनि मन्दिरमा ठूलो भीडभाडका साथ दर्शनार्थीको उपस्थिति नभए पनि पाटन दरबार सङ्ग्रहालय परिसर भने पूरै भरिभराउ भएको थियो । मन्दिर आएका प्राय सबै भक्तजनको हातमा कृष्णले शिरमा सधैँ सजाउने मयुरको प्वाँख अनि प्रिय बाजा बाँसुरी पनि देख्न पाइन्छ ।

आजका दिन साना बालबालिकलाई पहेँलो कपडा र शिरमा मयुरको प्वाँख लगाई हातमा बाँसुरी दिने चलन रहेकाले केही परिवारले आफ्ना बालक सजाएर मन्दिर ल्याएका थिए । कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गको स्मरणस्वरुप भगवानको प्रेम उत्सव अर्थात झुला झुलाउने व्यवस्था भने यसवर्ष मन्दिर परिसरमा गरिएको थिएन ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोत्रारात्रि’ भन्ने गरिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ ।

कृष्णको पूजा अनि आरधना गर्नाले पाप नष्ट भएर मोक्ष प्राप्त हुने विश्वासका साथ हिन्दूलगायत शैव अनि बौद्ध धर्मावल्म्बी पाटन आउने गरेका सङ्घका महासचिव वीरेन्द्रलाल श्रेष्ठले बताए । उनले भने, “यस दिन हरेक वर्ष राष्ट्रप्रमुख दर्शनका लागि आउने गरिएकामा यस वर्ष भने बढ्दो महामारीलाई ध्यानमा राखी नआउने कुरो भएकोे छ ।”

 

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ६ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित