जोरबिजोरमा यातायात व्यवसायी असन्तुष्ट, प्रशासनसँग छलफल गर्दै « Khabarhub

जोरबिजोरमा यातायात व्यवसायी असन्तुष्ट, प्रशासनसँग छलफल गर्दै


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी र यातायात मजदुर संघहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आह्वान गरेका छन् ।

सरकारले यातायात व्यवसासी तथा मजदुरहरूको कुरा नसुनेको व्यवसायीहरूको आरोप छ । उनीहरूले आगामी शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन चलाउने जनाएका छन् ।

नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले भने, ‘असार १८ देखि देशभर छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ ।’ काठमाडौँ जिल्ला प्रशासनले बिहीबार यस विषयमा छलफलका लागि यातायात व्यवसायी र मजदुर सङ्गठनका पदाधिकारीलाई बोलाएको उनले बताए ।

उनले भने, ‘बिहीबार २ बजे छलफलका लागि बोलाउनुभएको छ, हामी आशावादी छौँ, हाम्रो माग सम्बोधन हुनेछ ।’

जेरबिजोरमा फाटफुटमात्रै

कोरोना भाइरसको नियन्त्रणका लागि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो बनाउँदै काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरूले मङ्गलबारबाट जोरबिजोरका आधारमा २५ सिटभन्दा ठूला गाडी चलाउन दिने संयुक्त निर्णय गरेका थिए ।

निषेधाज्ञाका कारण गाउँ फर्किएका चालक र सहचालकहरू राजधानी आउन नसकेका कारण फाटफुटमात्रै गाडी चलेको भण्डारीले बताए ।
‘व्यवसायी र मजदुर संघले सवारी नगुडाउनुस् भनेका छैनौँ, केहीले गुडाइरहनु भएको छ,’ उनले भने, ‘जोरबिजोर प्रणालीप्रति हाम्रो असन्तुष्टि हो ।’

यी हुन् मागहरू

सरकारले २५ सिटभन्दा माथिका गाडीमात्र चलाउन दिएकोमा आपत्ति रहेको भण्डारीले बताए । सिट क्षमता कम भए पनि गन्तव्यमा पुग्न यात्रुहरू गाडी चढ्नै पर्ने हुन्छ । त्यसकारण स्वास्थ्य मापदण्ड अपनाएर जोरबिजोर नगरी सबै किसिमका गाडी चल्न पाउनुपर्ने पहिलो माग छ ।

यातायातका क्षेत्रमा काम गर्ने श्रमिकलाई खोप दिने प्रतिबद्धता पनि व्यवसायीहरूले मागेका छन् । बैंकको कर्जा र पुनर्कर्जा सहजीकरण गर्नुपर्ने अर्को माग छ ।

भाडा समायोजन गर्नुपर्ने माग पनि छ । भण्डारीका अनुसार २०६९ सालयता भाडा समायोजन भएको छैन । हरेक वर्ष वैज्ञानिक हिसाबले तेल र पार्टपूर्जाको भाउ तथा अन्य महँगी हेरेर घट्दा घटाउने र बढ्दा बढाउने भनिएको थियो ।

प्रशासनले सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, सहचालकले पन्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक निसंक्रमित गर्नुपर्ने प्रावधान छ ।

सबै जसो क्षेत्र खुला भएको अवस्थामा जोरबिजोरले गाडीमा यात्रुको भिड बढाउने र संक्रमणको जोखिम हुने भएकाले सबै गाडी चल्दा जोपिख कम हुने व्यवसायीहरूको जिकिर छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित