लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ


१३ भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताएका छन् ।

गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कर्मचारी प्रशासन स्थायी सरकार भएकाले गुणस्तरीय सेवा प्रवाहमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने बताए ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्दै सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिनुपर्नेमा जोड दिँदै उनले तीन किसिमको दक्ष जनशक्ति छनोट गर्ने जिम्मेवारी लोकसेवा आयोगमा रहेको बताए ।

प्रदेश राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यकक्षमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुखलाई गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णु नेपालले आयोगले तयार पारेको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार आयोगद्वारा वार्षिक प्रतिवेदन तयार पारी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको बताउनुभयो । कोरोना कहरका बीच पनि प्रदेशका सम्पूर्ण जिल्लाबाट लिइएको सुझावका आधारमा प्रतिवेदन तयार गरिएको उनको भनाइ छ ।

सङ्घीय लोकसेवा आयोगको कार्यालय सरकारी भवनमै रहेको र प्रदेश लोकसेवा आयोग भाडाको भवनमार्फत सञ्चालन भएको बताउँदै अध्यक्ष नेपालले दुवै आयोगको कार्य सञ्चालन सरकारी कार्यालय भित्रबाटै हुने हो भने आर्थिक व्ययभार कम हुनुको साथै काममा थप सहज हुने विश्वास व्यक्त गरे ।

प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन कार्यान्वयनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ९ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित