सवारीसाधन आयातमा ५० प्रतिशत नगद मार्जिनको विरोध « Khabarhub

सवारीसाधन आयातमा ५० प्रतिशत नगद मार्जिनको विरोध


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारीसाधन आयातका लागि प्रतितपत्र खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाको व्यवसायीले विरोध गरेको छ । यस व्यवस्थाका कारण अटोमोवाइल्स व्यवसायीलाई अप्ठेरो परेको भन्दै सहजीकरण गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूलाई सोमवार गरेको स्वागत एवं बधाई कार्यक्रममा नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने नीतिले समस्या ल्याएको गुनासो गरे । उनले भन्सार सन्दर्भ मूल्य सूची र कालोबजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेका, एसकेयू सहित भ्याट बुझाउन गाह्रो भएको र यसले मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुँदा यसलाई हटाउनु पर्ने, भेइकल स्टकमा रहँदा वार्षिक शुल्करकरका सम्बन्धमा अव्यवहारिक नीति हटाउन सुझाव दिए ।

नेपाल राष्ट्र बैंकले गत साता निर्देशन जारी गर्दै सवारीसाधन आयात गर्नका लागि प्रतितपत्र खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । अत्यधिक आयातका कारण व्यापारघाटा उच्च भएपछि नियन्त्रणका लागि केन्द्रीय बैंकले विलासीका कतिपय बस्तुमा शतप्रतिशत मार्जिनसम्मको प्रावधान तोकेको छ ।

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भए पनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको, कोरोगेटेड उद्योगको कच्चा पदार्थ पुराना कागज निर्यात रोक्नु पर्ने, बहुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलब ज्याला सामान हुँदा समस्या भएको गुनासो गरे ।

नेपाल कुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तर्राष्ट्रिय विमानस्थल र बस पार्कहरूमा छुट्टै कुरियर टर्मिनलको माग गरे ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालीम दिने केन्द्रहरू सञ्चालनमा ल्याउनु पर्ने सुझाव राखे ।

नेपाल कृषि मेशीनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लास्टिक, थोपा सिँचाइको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु भई बजारीकरण भई सकेकाले यी सबै स्वदेशी उत्पादनहरूलाईनै प्रवर्द्धन गर्ने नीति सरकारको हुुनुुपर्ने बताए ।

नेपाल फ्रेट फरवार्ड एसोसिएसनका मनोज अधिकारीले एयर कार्गोको आवागमन सहज बनाउनु पर्ने, एयर कार्गोलाई सहज बनाउनुपर्ने, कार्गो बोक्ने गाडीलाई पहिलो प्राथमिकता राखेर व्यवहार गर्नुपर्ने, फ्रेटमा अग्रिम टिडीएसको व्यवस्था अव्यवहारिक, सिपिङ लाइनमा पनि समस्या भएकाले समाधानमा पहल गर्न आग्रह गरे ।

नेपाल जडीबुटी उत्पादक संघका अध्यक्ष प्रेमराज तिवारीले स्थायी सचिवालय नभएका सदस्य वस्तुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्नुपर्ने, जडीबुटीमा ठूला लगानीकर्ताहरू पनि आउनुपर्ने, जडीबुटीमा नयाँ नयाँ प्रविधि भित्र्याउन पहल गर्न माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमवार महासंघ सचिवालयमा एक स्वागत एवं बधाई कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल,नेपाल कोरोगेटेड बक्स उत्पादक संघ,नेपाल कुरियर सेवा संघ, फुटवेयर म्यानुुफ्याक्चर्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेशीनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्ड एसोसिएसन, नेपाल जडीबुटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित