खाद्य, विज्ञान र प्रविधिको नवौं सम्मेलन काठमाडौँमा « Khabarhub

खाद्य, विज्ञान र प्रविधिको नवौं सम्मेलन काठमाडौँमा

फुड कन्फरेन्समा सहभागिताका लागि विद्यार्थीलाई दर्ता आव्हान


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजी भइरहेका छन् ।

यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ ।

यस विषयमा विशेषज्ञदेखि विद्यार्थी, व्यवसायी, शोधकर्ता अनि प्रयोगकर्तासम्म उत्साहित रुपमा सहभागी भएर आयोजना हुने यो राष्ट्रिय खाद्य सम्मेलनमा सहभागी हुन सबैलाई आमन्त्रण गरिएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रीय प्रविधि क्याम्पस धरान, बलियो नेपाल पोषण कार्यक्रम र वाइपी यार्ड एसिया प्यासिफिकको संयूक्त आयोजनामा हुने सम्मेलन असोज १५ र १६ गते काठमाडौँको एभरेष्ट होटल नयाँ बानेश्वरमा हुँदैछ ।

कार्यक्रममा खाद्य प्रविधिसँग समबन्धित कलेज र अन्तर्राष्ट्रिय शोधकर्ताको पनि उपस्थिति हुनेछ । याे वर्षको सम्मेलनमा भाग लिन भर्चुअल सेसनको समेत व्यवस्था गरिएको छ, । नेपालका जुनसुकै ठाउँमा रहेका विद्यार्थीले सहजै आफूलाई रजिष्टर गरेर प्रविधिमार्फत यो कन्फरेन्समा सहभागी जनाउन सक्नेछन् । रजिष्टरका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

कार्यक्रमका बारे गरिएको अन्तर्वार्तामा खबरहबसँग बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले स्वस्थकर जीवनशैलीका लागि खाद्यान्नको गुण अत्यन्त महत्वपूर्ण हुने बताए । यसका लागि उपभोक्तादेखि उत्पादक अनि शोधकर्ता सबैजनाको साझा बुझाई रहनुपर्ने उनको भनाइ छ ।

रायसँग गरिएको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित