लुम्बिनीमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान « Khabarhub

लुम्बिनीमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेशको नेतृत्वमा यस वर्ष आज बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानको शुरुआतका क्रममा डा राजेशले विश्वभरि नै कोभिडको महामारीले जनमानसको स्वास्थ्यमा थप चुनौती पैदा भएको अवस्थामा वाक द टक कार्यक्रमको महत्व झनै बढेको बताए ।

उनले विश्वभर यसको सन्देश प्रवाह गर्न यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियान थालिएको बताए । हरेक मानिसले आफ्नो स्वास्थ्य मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले यसका लागि हरेकले हिँड्दै कुरा गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले भने, “हिँड्दै कुरा गर्ने बानी बसाल्न सकिए शरीरका अङ्गहरु स्वस्थ्य राख्न सकिन्छ र मानसिक तनाव पनि कम गर्न सहयोग पुग्छ ।”

वाक द टक अभियानमा सहभागी लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विश्व स्वास्थ्य सङ्गठनले यो अभियान पहिलोपटक लुम्बिनीमा आयोजना गरेर विश्वभरि सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरे । उनले विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारी नियन्त्रणका लागि नेपालमा निकै प्रभावकारी ढङ्गले काम गरेको जनाउँदै यो अभियानले आम मानिसमा स्वास्थ्यका लागि हिँडाइ पनि महत्वपूर्ण हुने सन्देश दिने भएकाले अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

त्यस अवसरमा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न बज्राचार्य, लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका निर्देशक महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सङ्गठनका विभिन्न तहका कर्मचारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीलगायत सहभागी थिए ।

नियमित शारीरित व्यायाम, स्वस्थ खाना, पर्याप्त निद्रा र मदिरारहित जीवन यो अभियानको मुख्य उद्देश्य रहेको विश्व स्वास्थ्य सङ्गठन नेपालका अधिकारी सुदन ज्ञवालीले जानकारी दिए । उनले यो अभियान पहिलोपटक जेनेभाबाट शुरु भएको जनाउँदै विभिन्न क्षेत्रका व्यक्ति यसरी बिहानी हिँडाइ गर्दा फरक फरक क्षेत्रका अनुभव आदानप्रदान हुने र त्यस्ता अनुभवले नीति तथा योजना निर्माणमा सहयोगी बन्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  २ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित