सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा « Khabarhub

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० भन्दाबढी सवारी साधन कारवाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा परेका छन् ।

छ महिनाको अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा आठ हजार ३४० र कम भदौमा तीन हजार ५५६ सवारी साधन कारवाहीमा परेका छन् ।

कारवाहीमा परेका सवारी साधनबाट रु दुई करोड २८ लाख ६७ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिए ।

‘अघिल्लो आवको छ महिनामा ३५ हजार ९६१ सवारी साधन कारवाहीमा पर्दा रु दुई करोड ११ लाख ७१ हजार ५०० राजस्व सङ्कलन भएको थियो’, प्रहरी निरीक्षक साउँदले भने, ‘अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४३२ सवारी साधन बढी कारवाहीमा परेका छन् । जसमा गत वर्षभन्दा रु १६ लाख ९६ हजार राजस्व वढी सङ्कलन भएको देखिन्छ ।’

यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारवाहीमा परेका प्रवक्ता साउँदको भनाइ छ ।

सुदूरपश्चिममा यस वर्षको छ महिनामा ३३४ सवारी दुर्घटना भएका छन् । तीन सय ३४ दुर्घटना हुँदा ४२७ सवारी साधनमा क्षति भएको छ भने ९९ को ज्यान गएको छ । यो अवधिमा ३२० गम्भीर र २९० सामान्य घाइते भएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको छ महिनामा १३६ सवारी दुर्घटना भएका थिए । एक सय ३६ दुर्घटना हुँदा १९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ को ज्यान गएको थियो ।

अघिल्लो आवको छ महिनाको तथ्याङ्क हेर्दा चालु आवमा सवारी दुर्घटनासमेत बढेको तथ्याङ्क छ । सडकको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको र दुर्घटनामा कमी ल्याउन सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित