हुम्लामा चीनले मिचेको भूमिबारे स्थानीय प्रशासन मौन, अनुगमन टोलीलाई नै नसघाएको आरोप « Khabarhub

हुम्लामा चीनले मिचेको भूमिबारे स्थानीय प्रशासन मौन, अनुगमन टोलीलाई नै नसघाएको आरोप


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चीन सीमा अध्ययन गर्न सरकारी टोली यतिखेर हुम्लाको हिल्सामा छ । टोलीले लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको हो ।

मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि गएका हुन् ।

हुम्लामा चीनले गरेको सीमा अतिक्रमणबारे के भन्छन् स्थानीय ?

टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल रहेका छन् ।

नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । सीमा अध्ययन टोलीले अनुगमन गरिरहे पनि स्थानीय प्रशासनले भने सहयोग नगरेको स्थानीयले आरोप लगाएका छन् ।

सरकारी टोली नै सीमा अनुगमना पुगेका बेला स्थानीय प्रशासनले मौनता देखाउनुले समेत यसको पुष्टि गरेको स्थानीय बताउँछन् ।

यसअघि हुम्लाका सिडिओ चिरन्जीवी गिरी र सहायक सिडिओ दत्तराज हमालले सीमा मिचेको विषयमा मिडियामा बोलेपछि चीनियाँ दबाबमा उनीहरुलाई सरुवा गरिएको थियो।

हुम्लामा हाल गणेश आचार्य सिडिओ र दशरथ राई सहायक सिडिओ छन् । उनीहरु हुम्लामा चीनले सीमा मिचेको विषयमा केही पनि बोल्न नचाहने गरेको स्थानीय बताउँछन् ।

स्थानीयहरुका अनुसार  सरकारी अनुगमन टोली त्यहाँ पुग्दा समेत स्थानीय प्रसाशनले उनीहरुलाई साथ दिएको छैन । चीनको वोर्डरसम्म कोही पनि पुग्न नसकुन् भन्ने हिसावलले हरेक तरिकाले रोक्न प्रयास स्थानीय प्रशासनले गरेको उनीहरुको दाबी छ ।

स्थानीय प्रशासनले ट्राभल एजेन्सी र गाडी चालकहरु कसैलाई पनि विवादित सीमा क्षेत्रमा नपुर्‍याउन निर्देशन दिएको बताइन्छ ।

सीमा क्षेत्रको सूचना संकलनमा अवरोध पुर्‍याउन, संकलित सूचनालाई पनि पुष्टि नहुने गरी अफवाह फैलाउने काममा स्थानीय प्रशासनले नै ठाउँ–ठाउँमा चाईनिज एजेन्टहरु परिचालन गरेको स्रोतको दाबी छ ।

यसअघि काँग्रेसका नेता तथा हुम्लाबाट कर्णाली प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले चीनले सीमा मिचेकोबारेको रिपोर्ट तयार गरेको थियो ।

त्यसैका आधामार गत असोज २८ गते कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै हुम्लामा चीनले सीमा मिचेको रिपोर्ट सार्वजनिक गरेका थिए । तर, तत्कालीन ओली नेतृत्वको सरकारले नेपाली भूमि नमिचिएको जनाएको थियो ।

चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सिमाक्षेत्रमा शाहीको नेतृत्व टोलीले ११ दिन लगाएर गरेको अध्ययनले नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको थियो ।

हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी अहिले काम थालिएको अनुगमन टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताएका छन् ।

यो पनि पढौँ

नेपाल-चीन सीमा अनुगमन टोली हिल्सा पुग्यो 

भिडियो प्रमाण : ​चीनले यसरी मिचेको छ हुम्लामा नेपाली भूमि 

चीनले सीमा मिचेको अध्ययन गर्न सरकारी टोली हुम्लाको लाप्चा पुग्यो

नेपाल-चीन सीमा विवाद अध्ययन गर्न समिति गठन गरेसँगै चीन रुष्ट 

चीनसँगको सीमा विवाद अध्ययनका लागि समिति गठन (भिडियोसहित)

हुम्लामा चीनले नेपाली भूमि मिचेको शाही टोलीको ठहर 

हुम्लामा चीनले सीमा मिचेकै हो 

हुम्लामा चीनले सीमा मिचेकोबारे छानविन गर्न सरकारलाई आग्रह 

नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चीनलाई कांग्रेस नेता शाहीको चुनौती 

भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही 

नेपाल–चीन सीमा विवादबारे चिनियाँ मुखपत्रले भन्यो: झूठो खबर फैलाउन नेपाली कांग्रेस र भारतीय मिडिया जिम्मेवार 

हुम्लामा नेपाली भूमि मिचिएकोबारे सरकार मौन बस्नु् राष्ट्रघात : कांग्रेस 

हुम्लामा चीनले नेपाली भूमि मिचेको कुराले मेरो ज्यानमाथि नै थ्रेट छ 

हुम्लामा नेपाली भूमि मिचिएको छैन भन्न सरकारलाई किन यति हतार ? 

चिनियाँ अतिक्रमण रोक्न कर्णालीवासी एकजुट बनौं : कांग्रेस

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित