थाहा पाउनुहोस् रुद्राक्षको वैज्ञानिक फाइदा « Khabarhub

थाहा पाउनुहोस् रुद्राक्षको वैज्ञानिक फाइदा


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हिन्दू धर्म संस्कृतिमा रुद्राक्षको महत्व विशेष रुपमा रहने गरेको छ । रुद्राक्षले मानिसमा हुने कुनै पनि हानिकारक ऊर्जाबाट बचाउने विश्वास गरिन्छ ।

यसको प्रयोग तपस्वीले मात्रै नगरी सांसारिक जीवनमा रहेका व्यक्तिले पनि गर्छन् । रुद्राक्षको माला लगाउनु धार्मिक महत्वका साथसाथै वैज्ञानिक रुपमा पनि लाभदायक हुन्छ । रुद्राक्ष लगाउनाले शरीरमा सकारात्मक प्रभाव परेको देख्न सकिन्छ ।

धार्मिक महत्व
विद्येश्वर संहिता भगवान शिवसँग सम्बन्धित छ । यस संहितामा भगवान शिवको पूजा, उपासना तथा उनीसँग जोडिएका विषयवस्तुको महत्वबारे उल्लेख गरिएको छ । यस ग्रन्थमा भस्मदेखि रुद्राक्षसम्मको महत्वबारे बताइएको छ । रुद्राक्षको उत्पत्तिबारे ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

रुद्रस्इ अक्षि रुद्राक्षः, अक्ष्युपलक्षितम्अश्रु, तज्जन्यः वृक्षः ।
‘रुद्र’ को अर्थ शिव तथा ‘अक्ष’ को आँखा अर्थात आत्मा हुन्छ । त्रिपुरासुरलाई जलाएर भस्म गरेपछि भोले रुद्रको हृदय दुखी हुँदा उनको आँखाबाट आँशु झर्छ । उक्त आँशु जुन स्थानमा झरेको हुन्छ, त्यहीँ रुद्राक्षको रुख उम्रन्छ । रुद्राक्षलाई हिन्दू तथा विशेष रुपमा शैवले पवित्र रुपमा लिने गर्छन् । शैव तथा तान्त्रिकले रुद्राक्षको माला लगाउँने तथा जप गर्ने गर्छन् । उपनिषदमा रुद्राक्षलाई भगवान शिवको आँखा भनिएको छ । यसलाई धारण गरेमा दिन–रातमा गरिने सबै पाप नष्ट हुने तथा अर्बौं गुणा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । रुद्राक्षमा हृदय सम्बन्धी विकारलाई टाढा गर्ने अत्भुत क्षमता हुन्छ ।

बौद्धिक क्षमतामा वृद्धि

वैज्ञानिकहरुका अनुसार रुद्राक्षमा ‘इलेक्ट्रोमेग्नेटिक’ गुणहरुका कारण अत्भुत शक्ति हुन्छ । यसमा औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट उत्पन्न हुन्छ ।

अन्तर्राष्ट्रिय युनिभर्सिटी फ्लोरिडाका वैज्ञानिक डा. डेभिड लीले रुद्राक्षले विद्युत ऊर्जाबाट आवेशको सञ्चित गर्ने अनुसन्धानले पत्ता लागेको बताएका छन् । जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यस आवेशले मानिसको मस्तिष्कमा केही केमिकललाई प्रोत्साहित गर्छ । जसले रुद्राक्षमा चुम्बकीय गुण विकास गर्छ । यसै कारण रुद्राक्षले शरीरमा स्पर्श गर्दा मानिसहरुले अत्यन्तै आनन्द महसुस गर्ने गर्छन् ।

रुद्राक्षले मानिसको बौद्धिक क्षमता तथा स्मरण शक्ति राम्रो बनाउने मानिन्छ । रुद्राक्ष धारण गरेमा चिन्ता तथा तनावसँग सम्बन्धित समस्यामा कमी आउने र उत्साह ऊर्जामा वृद्धि हुनेछ । हृदयरोग, रक्तचाप तथा कोलेस्ट्रलको मात्रा नियन्त्रणमा रुद्राक्ष प्रभावशाली हुने मानिन्छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ६ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित