भारत फर्किन थाले नेपाली श्रमिक « Khabarhub

भारत फर्किन थाले नेपाली श्रमिक

नाकामा शिवशंकरले भने– घर परिवारसँग रमाइलो गर्ने इच्छा थियो


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– दसैँको रमाइलो सकिन नपाउँदै नेपालीहरू भारत जान थालेका छन् । दसैँका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका उनीहरू राम्रोसँग दसैँ मनाउन नपाउँदै भारत फर्कन थालेका हुन् ।

‘यता बसेर न त काम पाइन्छ, न त कमाउने जमिन नै छ,’ कैलालीको गोदावरी नगरपालिका–११ का शिवशंकर ओडले भने, ‘बालबच्चा र बुबा आमालाई पाल्नुपर्ने दायित्व ममा छ, उनीहरूको खुसीका लागि दसैँको रमाइलो बिर्सेर भारत जाँदै छु ।’

२५ असोजमा भारतको नोयडा राज्यबाट दसैँ मनाउन नेपाल आएको उनले बताए । ‘घर परिवार र आफन्तसँग रमाइलो गर्ने इच्छा हुँदाहुँदै सबै बिर्सनु परेको छ,’ उनले भने, ‘आफ्नै देशमा रोजगारी पाएको भए यसरी फर्कनुपर्ने थिएन होला ।’

उनी जस्तै धनगढी उपमहानगरपालिका–२ का पदम भट्ट पनि दसैँ राम्ररी मनाउन नपाउँदै रोजगारीका लागि भारत पसेका छन् । दसैँ मनाउन २७ असोजमा उनी धनगढी पुगेका थिए । तर, छुट्टी धेरै नपाइएका कारण राम्ररी दसैँ मनाउन नपाउँदै भारत फर्कनु परेको उनले बताए ।

‘दुई वर्षपछि दसैँ मनाउन घर आएको हुँ,’ उनले भने, ‘आफन्त र नातागोताका सबैलाई भेट्ने र टीका थाप्ने इच्छा थियो, छुट्टी कम भएका कारण सबैलाई बिर्सेर भारत पस्दैछु ।’ भारतको राजधानी दिल्लीमा उनी होटेल क्षेत्रमा कार्यरत छन् ।

कैलालीको गोदावरी नगरपालिका–१२ की ईश्वरी लुहार भने रोजगारीका लागि नभई भारतमै बसेका श्रीमानलाई भेट्न भारत गएको बताउँछिन् । ‘श्रीमान घर नआएको तीन वर्षभन्दा बढी समय भयो’, शनिबार भारत जाने क्रममा कञ्चनपुरको गौरिफण्टा नाकामा भेटिएकी उनले भनिन्, ‘श्रीमान नआएपछि उहाँलाई भेटेर दसैँको जमरा दिन म आफैँ भारत जाँदैछु ।’ घरमा चार छोराछोरी र सासुससुरा तथा दुई नन्द रहेका उनले बताइन् ।

‘श्रीमान घरमा आए खर्चको अभाव हुन्छ,’ उनले भनिन्, ‘त्यसैले उहाँ नेपाल आउनुहुन्न, यसवर्ष म आफैँ दसैँको जमरा लगेर भारत जाँदैछु ।’ घरमा भएका बुढा सासुससुराले छोरालाई भेट्न नपाएपछि भारतमै भए पनि दसैँको टिका पुर्‍याउने इच्छा राखेपछि आफु सासुससुराको आशिर्वाद ‘जमरा’ लगेर श्रीमानलाई भेट्न भारत जान लागेकी उनले बताइन् ।

स्वदेशमा रोजगारी नपाइने र भारतमा पाइएको राजगारी गुम्ने डरले दसैँ राम्ररी मनाउ नपाउँदै नेपालीहरू भारत जान थालेका हुन् । ‘अहिले भारतका होटेलमा ग्राहक बढी आउने गर्दछन्,’ गोदावरी नगरपालिका–११ का शिवशंकर ओडल भने,’ होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनु पर्दछ, कि त नोकरी छोड्नु पर्दछ ।’

प्रहरीका अनुसार शनिबार ९आज० बेलुकासम्म गौरिफटा नाका हुँदै १३४ जना नेपाली भारत गएका छन् । भारत जानेमध्य अधिकांस रोजगारीका लागि गएका नागरिकको तथ्याङ्क राख्दै आएको कञ्चनपुरको परासन पच्गढीया चौकीका जवान ममेन्द्रराज गिरीले बताए ।

‘धेरै मानिस रोजगारीका लागि गौरिफण्टा नाका हुँदै भारत गएका छन्,’ उनले भने, ‘केही उतै परिवार भएका तथा केही उपचारका लागि पनि शनिबार भारत गएका छन् ।’ न्यूज कारखाना

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित