‘भोट चल्छ बोली किन सुनिँदैन ?’ « Khabarhub

‘भोट चल्छ बोली किन सुनिँदैन ?’


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ ।

जीवन चलाउन उनी अहिले कामका खोजीमा छन् । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् ।

“कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु । तेस्रोलिङ्गी भनेर समाजले गर्ने फरक व्यवहारले झन् पीडा थपेको छ”, उनले गुनासो गरिन ।

परिवार र समाजले स्वीकार नगर्दाको पीडा उनलाई छँदैछ उनले भनिन्, “कोरोनाले भोकभोकै मर्ने स्थिति आयो । हामीलाई देख्नेबित्तिकै कार्यालयले काम पनि दिँदैनन् ।”

रुपन्देहीको देवदहकी सायरा गुरुङको पनि पीडा उस्तै छ । सानैमा बुवा गुमाएकी उहाँलाई आमाले मजदुरी गरेर हुर्काइन । पढाइमा अब्बल उनले विद्यालयमा राम्रो व्यवहार नभएकै कारण कक्षा १२ पुगेपछि अध्ययनलाई निरन्तरता दिन सकिनन् ।

उनले भनिन्, “कोरोनाले गर्दा घरको स्थिति नाजुक छ, आमाको कमाइले परिवारका तीन सदस्यको गुजारा चल्ने अवस्था छैन, तेस्रो लिङगी भएकै कारण मैले काम पाउँदिन । ” साहारा वृक्ष समूह र ओपन सोसाइटी फाउण्डेशनले उनीहरुलाई सहयोग गर्दै आएको छ ।

तिलोत्तमा नगरपालिकाका आशिका थापा पनि कोरोनाको मारले समस्यामा छिन् । यौनिक तथा अल्पसङ्ख्यक समुदायको भएकै कारण शान्ति नमूना माविमा कक्षा ११ मा पढ्दै गर्दा बीचमै छाड्नुभएको उनको रोजगारी छैन ।

उनले भनिन्, “मैले स्कूलमै पनि यौनहिंसा भोगे, समाजले मलाई तिरस्कार मात्रै गर्छ, आखिर म पनि यही देशको नागरिक हुँ भनेर कहिले स्वीकार गरिन्छ ?”

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । यौनिक तथा अल्पसङ्ख्यक समुदायको भएका कारण परिवार र समाजबाट अपहेलित भएका उनीहरुलाई कोरोनाले झनै समस्या थपिदिएको छ । कोरोना महामारीका समयमा स्थानीय तहले राहतका कार्यक्रम ल्याए पनि उहाँहरुले भने केही पनि नपाएको गुनासो गरिन् ।

“प्रदेशका सबै स्थानीय तहले राहत वितरण गरे । हामीले पाएनौँ । हामीलाई राहतमा पनि विभेद गरियो”, वृक्ष समूहका प्रदेश संयोजक रेशम न्यौपाने भने ।

सरकारले दिने राहतलगायत विभिन्न सुविधाका लागि परिचयपत्र वा नागरिकताको आवश्यकता हुन्छ । यो समुदायका धेरै नागरिक नागरिकताबाट बञ्चित छन् । सरकारले दिने सेवा सुविधाबाट समेत आफूहरु बञ्चित हुनुपरेको समूहका अध्यक्ष अवान्तिका घर्तीको गुनासो छ ।

“पछिल्लो समय सरकारले नागरिकता विधेयकमा ‘लिङ्ग परिवर्तन र चिकित्सकबाट प्रमाणित हुनुपर्ने’ भन्ने गलत प्रावधान राखेको छ । यसलाई हटाएर स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गर्नुपर्छ”, उनले भने ।

ब्लुडाइमण्ड सोसाइटीका राष्ट्रिय दिशानिर्देश तथा परिचालन अधिकृत आनिक राना भने “हामीले तिरेको कर चल्छ, भोट चल्छ तर हामीले भनेको किन चल्दैन ?” अधिवक्ता इन्दिरा आचार्य कानुनमा उल्लेख भएर पनि कार्यान्वय नभएका विषयमा सबै मिलेर सम्बन्धित निकायलाई घच्घचाउनुपर्ने सुझाव दिन्छन् ।

“समाजमा हुने अन्याय र विभेदका विरुद्ध कानूनी प्रक्रियाका आधारमा अघि बढ्नुपर्छ”, उनले भने ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित