धुलिखेल नगर ‘खाद्य हरियाली सहर’ बनाइँदै « Khabarhub

धुलिखेल नगर ‘खाद्य हरियाली सहर’ बनाइँदै


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ ।

यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।

उक्त कार्यक्रमका लागि नगरप्रमुख अशोककुमार ब्याञ्जू र नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरे । यो कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुनेछ’, नगर प्रमुख ब्याञ्जूले भने ।

वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको उपकुलपति श्रेष्ठले बताए ।

उनले भने, ‘यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनेछ ।’ उनका अनुसार यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ ।

सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने ब्याञ्जूले जानकारी दिए । उनका अनुसार नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउनेछ ।

कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा नगरद्वारा स्वच्छ ऊर्जा प्रवद्र्धन र विद्युतीय सामग्रीको प्रयोग गरी कार्बन उत्सर्जनलाई शून्य बनाउने उद्देश्यले नगरको छ नम्बर वडास्थित खड्गी, कपाली र दलित समुदायका परिवारलाई प्रोत्सहानस्वरुप इन्डक्सन चुलो वितरण गरिएको छ । यसबाट नसर्ने रोग तथा दमलगायत निमोनियाँ, रोग नियन्त्रण तथा स्वाशप्रश्वाससम्बन्धी रोग नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाैं नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको छ । जसले स्वस्थ सहर धुलिखेल बन्ने एउटा प्रमुख आधार तय गरेको बताइन्छ । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलससमेत सूचीकृत छन् ।

धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको नगरप्रमुख ब्याञ्जूले बताए ।

‘धुलिखेल संसारका ठूला र सफा सहरको सूचीकृत हनु गौरवको विषय हो,’ उनले भने । उनका अनुसार जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताकासाथ अघि बढाइएको थियो ।

नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचांै नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउदा दिनमा नगरद्वारा जिवाश्म इन्धन अप्रसारसन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित