कोभिडको नमूना सङ्कलन सुस्त « Khabarhub

कोभिडको नमूना सङ्कलन सुस्त


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन र परीक्षण सुस्त भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड-१९ का शङ्कास्पद एक हजार ९२१ जनाको नमूना सङ्कलन भएको छ । सङ्कलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

एक महिनाअघि सम्म शङ्कास्पदको नमूना सङ्कलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो । दुई हजार ४९५ जना सक्रिय सङ्क्रमित पुगेकामा एक हप्तामा यो सङ्ख्या बढेर दुई हजार ६०१ पुगेको छ । विगतको तुलनामा निको हुने दर बढ्न सकेको छैन । सङ्क्रमण भई उपचार व्यवस्थापनमा रहेका मध्ये पछिल्लो हप्तामा १०६ जना मात्र उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले लक्षण देखिएका व्यक्ति र सङ्क्रमित सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको बताए ।

उनले भने, “स्वास्थ्य मन्त्रालयको मापदण्ड केही हेरफेर हुँदा नमूना सङ्कलन पनि कम भएको हो ।” कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा कैलाली, अछाम, बैतडी, डोटी र डडेल्धुराका गरी थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका समेत आजसम्म जम्मा १३ हजार ७२८ जना सङ्क्रमित पुग्दा ११ हजार ७६ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।

गएको एक हप्तामा सङ्क्रमणका कारण हुने मृत्यु दर भने घटेको देखिएको छ । यो अवधिमा एकजनाको मात्र मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेशमा आजसम्म ५१ जनाको मृत्यु भएको छ ।

होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सातजनाको सघन उपचार कक्ष (आइसियु)मा उपचार व्यवस्थापन भइरहेको छ ।

शिक्षण संस्थामा भइरहेको पठनपाठन कोरोनाको जोखिमका कारण पुनः बन्द गर्नुपर्ने अवस्था यथावत् छ । विद्यालयका शिक्षकमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि कञ्चनपुर र कैलालीका कतिपय विद्यालय बन्द गरिएको छ ।

यसैबीच प्राध्यापकमा कोरोना सङ्क्रमण भएपछि धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको पठनपाठनसमेत आजदेखि केही दिनका लागि बन्द गरिएको क्याम्पसका प्राध्यापक श्यामराज जोशीले बताए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित