व्यावसायिक कागती खेती गर्दै दाङका कृषक « Khabarhub

व्यावसायिक कागती खेती गर्दै दाङका कृषक


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ-  दाङमा व्यावसायिक कागती खेती थालिएको छ ।

रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोपेका छन् ।

दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेका छन् । यस वर्ष १५ क्विन्टल कागती बिक्री गरेको उनले बताए ।

यहाँ उत्पादित कागती घोराही, तुलसीपुरको बजारसँगै काठमाडौँसम्म पुगेको छ । प्रतिकिलो रु १२० मा बिक्री गर्दै आएको उनले जानकारी दिए । कागती खेतीलाई विस्तार गर्ने र व्यवसायलाई निरन्तरता दिने सोच भएको खड्काले बताए ।

लमही नगरपालिका–८ गोजेना निवासी राजकुमार खड्काले राष्ट्रिय वाणिज्य बैंकको जागिरबाट अवकाशप्राप्त भएपछि व्यावसायिकरूपमा कागती खेती गरेका छन् ।

जागिरको सिलसिलामा विभिन्न ठाउँमा जाने अवसर मिलेकाले त्यहाँका किसानले गरेको व्यावसायिक कृषिले आकर्षण गरेपछि एक बिघा आफ्नो जमिनमा विभिन्न जातका  १०० बिरुवा कागती लगाएको र पछि त्यसलाई विस्तार गरी ४०० बिरुवा पुर्‍याएको खड्काले बताए ।

राज बहुउद्देश्य कृषि फार्म दर्ता गरेर व्यावसायिक कागती खेतीमा लागेको खड्का बताउँछन् ।

उनले सुन कागती –१, सुन कागती–२, कलमी र लोकल जातका बिरुवा रोप्नुभएको छ । कलमीले  रोपेको दोस्रो वर्षमा नै फल दिन थालेको  छ । उनलाई गत वर्ष कृषि ज्ञान केन्द्रले रु एक लाख सहयोग गरेको थियो । यो रकमबाट   कागती बारीलाई व्यवस्थित गरिरहेको उनले बताए ।

लमही नगरपालिका–९ मा बगारबाबा कृषि फार्ममा कागतीका बिरुवा हुर्किरहेका छन् । छ जनाको लगानीमा चार बिघा जमिन भाडामा लिएर वार्षिक रु एक लाख २० हजार भाडा दिने गरी फार्म सञ्चालन गरिएको सदस्य गोविन्द रेग्मीले जानकारी दिए । फार्ममा सुनकागती २५०, मङ्गोलियन १००, रैथाने १०० गरी जम्मा ४५० बिरुवा रोपिएको छ ।

कागतीका बिरुवा रोपेको खाली ठाउँमा अदुवा, बेसार खेती गरेर खाली जमिनको सदुपयोग गरी अदुवा र बेसारबाट समेत आम्दानी हुने गरेको छ । कागती हेरचाहका लागि चार स्थानीयवासीलाई रोजगारी दिएको रेग्मीले बताए ।

‘कागतीमा दाङलाई आत्मनिर्भर बनाउने सोच राखेका छौँ, कागतीलाई आवश्यक पर्ने हावापानी दाङमा भएकाले यसको खेती गरेका हौँ’, उनले भने ।

स्वास्थ्यकर्मीका अनुसार मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ  ।

यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के जस्ता भिटामिन पाइन्छ ।

औषधीय गुण भएकाले कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले मलेरिया, डायरिया, निमोनियाजस्ता रोगको सङ्क्रमण हुन दिँदैन ।

दाङको हावापानीमा कागती खेती आकर्षणको विषय बनेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले बताउँछन् ।

सरकारले किसानलाइ कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रममा गत वर्ष कागती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच कृषि फार्मलाई अनुदान दिएको उनले बताए ।

राप्ती गाउँपालिकाको अतुल कृषि फार्म, रावत कृषि फार्म तुलसीपुर, बगरबाबा कृषि फार्म लमही, राजवहु कृषि फार्म लमही र दङ्गाली फलफूल कृषि फार्म अनुदान पाएका हुन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित