सर्वोच्चद्वारा सभामुख सापकोटा विरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार « Khabarhub

सर्वोच्चद्वारा सभामुख सापकोटा विरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

द्वन्द्वकालीन घटनाका सन्दर्भमा हत्या गरेको आरोप लागेका भन्दै सापकोटालाई सभामुख नियुक्त नगर्न अन्तरिम आदेशको मागदाबी गरिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश भने जारी गर्न मानेन ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले मंगलबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद सापकोटालाई सभामुख निर्विचित गर्ने प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न मागदाबी गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटमाथि सुनुवाईका लागि आइतबार न्यायाधीश हरि प्रसाद फुयालको इजलाशमा पेशी तोकिएकोमा उनले हेर्न नमिल्ने भएपछि सुनुवाई स्थगित भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सोमबार न्यायाधीश मल्लको इजलाशमा पेशी तोकेका थिए ।

सोमबार बहस नसकिएपछि रिटको सुनुवाई हेर्दा हेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएपछि न्यायाधीश मल्लको इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले जारी गरेको आदेशमा कुनै कसुरको जाहेरी परी आरोप लागेको व्यक्ति उपर अनुसन्धान भइरहेको अवस्थामा सार्वजनिक पद धारण गर्न अयोग्य हुने वा सार्वज्निक पदमा नियुक्तिका लागि अयोग्य हुने गरी कुनै कानूनी व्यवस्था नरहेको समेत उल्लेख गएिको छ ।

यद्यपि, सापकोटाविरुद्ध नै यसअघि दायर भएको रिटको सुनुवाईका क्रममा जारी भएको अन्तरिम आदेशअनुसार उनीविरुद्धको कर्तब्य ज्यानको मुद्दाको अवस्थाबारे भने जवाफ माग गरिएको छ ।

सर्वोच्चले मंगलबार जारी गरेको आदेशमा भनिएको छ– ‘…यसअघि पनि यसै अदालतबाट निज अग्नि प्रसाद सापकोटा नै विपक्षी भएको रिट निवेदनमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको सन्भर्दमा ती प्रहरी प्रतिवेदन प्रस्तुतीको अवस्था, अन्तरिम आदेशहरुको कार्यान्वयनको स्थिति र हाल कर्तब्य ज्यान मुद्दा के कस्तो अवस्थामा रहेको छ ? सोको प्रगतिको जानकारी सर्वोच्च अदालतमा महान्यायाधीवक्ताको कार्यालयमार्फत यो आदेश भएको मितिले ३० दिनभित्र पेश गर्नु भनी विपक्षी नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काभ्रपालान्चोक समेतका नाममा आदेश जारी गरिएको छ । अरु नियमानुसार गर्नु ।’

सापकोटा भने सभामुखमा निर्वाचित भएर पद्‌भार समेत सम्हालिसकेका छन् । सापकोटाले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गरिसकेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेको थियो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका सापकोटाले सोमबार नै पद्भार सम्हालेका थिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ५ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित