कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट नेपाली घर फर्कँदै « Khabarhub

कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट नेपाली घर फर्कँदै


१४ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौं नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु अधिकांश भारतको कोरोना प्रभावित क्षेत्रका छन् ।

भारतको कोरोना प्रभावित क्षेत्र महाराष्ट्र र दिल्लीका विभिन्न शहरमा रोजगारीका लागि गएका करीब १८ हजार नेपाली नेपालगञ्ज नाका हुँदै पछिल्लो सात दिनमा भित्रिएका छन् । भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् ।

उनका अनुसार पछिल्लो सात दिनमा नेपालगञ्ज नाका हुँदै १७ हजार ६८६ नेपाल भित्रिएका छन् । यही जेठ ७ देखि १२ गते रातिसम्म भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेतका गरेर १५ हजार ४५६ नेपालीलाई जमुनाह नाकाबाट नेपाल प्रवेश गराइएकामा गए राति फेरि दुई हजार २३० जनालाई उद्धार गरिएको छ ।

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए । अहिले प्रत्येक दिन दुईदेखि तीन हजारसम्म नेपाली नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । आज बिहान १० बजेसम्म दुई सय नागरिक भारतबाट नेपाल भित्रिसकेका छन् ।

नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

बाँकेको कोरोना अति प्रभावित क्षेत्र बन्न पुगेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका नेपालीमध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएको पाइएको छ । नेपालगञ्ज नाकाबाट भित्रिएर क्वारेन्टिनमा बसिरहेका कर्णाली प्रदेशका सुर्खेत र दैलेखका नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ यति बेला महाराष्ट्र र दिल्लीबाट फर्किएका नेपालीमा सङ्क्रमणको जोखिम बढी देखिएकाले तुरुन्त परीक्षण गरिनुपर्ने बताउँछन ।

नरैनापुरमा विद्युतीकरण शुरु

कोरोना भाइरसबाट अतिप्रभावित बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा विद्युतीकरण विस्तार शुरु गरिएको छ । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण दुई महीनादेखि रोकिएको विद्युतीकरण सोमबादेखि शुरु भएको हो । नेपालगञ्ज–फत्तेपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युतलाइन पुगे पनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँया गरी चार वडामा अझै विद्युत् पुग्न सकेको छैन ।

नरैनापुरमा कोरोना महामारीबाट सङ्क्रमितलाई राख्न आइसोलेशन केन्द्र र क्वारेन्टिन व्यवस्थापनमा विद्युत् नहुँदा समस्या भएपछि विद्युत् विस्तार शुरु गर्न आग्रह गरिएको नेपालगञ्जस्थित विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए ।

उनका अनुसार विद्युतीकरण विस्तारको जिम्मा पाएको त्रिलोक रेणु कन्स्ट्रक्सन कम्पनीले नरैनापुर गाउँपालिकाको हुलाकी सडकमा बिजुलीका खम्बा गाड्ने र तार टाँग्ने काम एकसाथ शुरु गरेको छ ।

कोरोनाको बढ्दो सङ्क्रमणबाट प्रताडित नरैनापुरवासीको सहज जीवनयापन र लक्ष्मणपुर स्वास्थ्य केन्द्रको स्तरोन्नतिसहित तत्काल सेवा प्रवाह गर्न विद्युतीकरण अगाडि बढाइएको उक्त क्षेत्रका प्रदेशसभा सदस्य कृष्णा केसीले बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विद्युतीकरण विस्तार शुरु भएपछि नरैनापुरमा बिजुली बल्ने आशा पलाएको बताए ।

नरैनापुर– ५ मटेहिया जमुनाहादेखि नरैनापुरसम्म १०६ खम्बा गाडिसकिएको भए पनि तार टाँगिएको छैन । अब नरैनापुरदेखि लक्ष्मणपुरसम्म ८९ र कटकुइयासम्म ५० खम्बा गाड्ने र तार विस्तार गरिने प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख ठाकुरले बताए।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  २ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित