६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता « Khabarhub

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ताको व्यवस्था गर्न लागिएको जनाएका छन् ।

यसबाहेक आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको उनले बताएका छन्।

‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताए।

उनले महासङ्घको पहलमा पाँच करोड ३४ लाख रुपैयाँ बराबरको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गरे ।

त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएका पत्रकारलाई पनि मासिक १० हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएको जानकारी गराउँदै कार्यान्वयनमा छिट्टै ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए ।

आपत्कालीन अवस्थामा सहयोग गर्न एक करोड रुपैयाँको कोष स्थापना गरेकामा त्यसका लागि अहिले ६० लाख रुपैयाँ जम्मा भइसकेको र बाँकी ४० लाख रुपैयाँ महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उनले बताए ।

पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उनले बताए।

कार्यक्रममा उनले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित