सुर्खेत विमानस्थल विस्तार गरिने « Khabarhub

सुर्खेत विमानस्थल विस्तार गरिने


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार ५५५ मिटरमा विस्तार गर्ने निर्णय गरेको छ ।

अहिले विमानस्थल धावनमार्ग एक हजार २५५ मिटर रहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकेले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

सुर्खेत विमानस्थललाई एप्रोच लाइट सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित हाललाई एक हजार ५५५ मिटरको धावनमार्ग र रात्रिकालीन उडान गर्न सकिने विमानस्थलको रूपमा विकास एवं विस्तार गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने निर्णय गरिएको कानूनमन्त्री भण्डारीले बताए ।

उनले भने, “सुर्खेत विमानस्थल विस्तार एवं स्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको छ ।”

त्यस्तै जग्गा प्राप्ती प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्याङ्कन समितिको बैठक आह्वान गरी काम अघि बढाउने, विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको छ । यसका लागि कर्णाली प्रदेश सरकारले चालु आवमा रु ५० करोड बजेट छुट्याएको छ ।

उक्त रकममध्येको पाँच प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भएको जनाइएको । रु तीन अर्ब बजेट लाग्ने अनुमान गरिएको सुर्खेत विमानस्थल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबीच गत असोज १५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित