कोरोना संक्रमणबाट मृत्यु भएकी महिला टोखामा बस्थिन्, हिँडेरै अस्पताल पुगेकी थिइन् « Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भएकी महिला टोखामा बस्थिन्, हिँडेरै अस्पताल पुगेकी थिइन्


४ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाबाट मृत्यु भएकी नेपालको पहिलो व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको शनिबार राति नै पशुपतिस्थित विद्युतीय शव दाह गृहमा कार्यविधिअनुरुप अन्त्यष्टि गरिएको छ

९ दिने ती सुत्केरीको स्वाब नमूना दोहोर्‍याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको चिकित्सकले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले शनिबार राति उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली भएको जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वार्ड नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै टोखामा बसेको खुल्न आएको छ ।

सरकारले चैत ११ गते लकडाउन घोषणा गरेपछि उनी टोखा नगरपालिका- ९ गोंगबुस्थित डेरामा बसेकी थिइन् ।

एक जना आफन्तका अनुसार बैशाख २३ गते गोंगबुदेखि हिँडेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनले २४ गते बच्चा जन्माएकी थिइन्।

२५ वैशाखमा उनलाई एम्बुलेन्सबाट बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ राम्चेमा रहेको घर लगिएको थियो। उनलाई सिन्धुपाल्चोक पुर्‍याइँदा नै ज्वरो आइरहेको थियो । सुत्केरी भएका कारण हुनसक्छ भनेर सबैले सामान्य रुपमा लिएका थिए ।

तर दुईदिनसम्म पनि ज्वरो कम भएन । उनी घर नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

‘ज्वरो नघटेपछि नजिकै रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा चेक गराइएको रहेछ,’ वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रले चेक गरेपछि त्यहाँ उपचार नहुने देखेर धुलिखेल पठाएको रहेछ।’

बिहीबार बेलुका धुलिखेल अस्पताल पुर्‍याएर उपचार सुरु गर्न नपाउँदै महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको मन्त्री दुलालले बताए।

‘स्वास फेर्न कठिन हुने, खोकी लाग्ने र बोली समेत बसेको जस्तो भइसकेको रहेछ,’ चिकित्सकको भनाई उधृत गर्दै मन्त्री दुलालले भने, ‘त्यसपछि हतारहतार उपचार शुरु गर्न नपाउँदै मृत्यु भएछ।’

कोरोनाको लक्षण देखिएकाले बिहीबार राती नै मृत्यु भएको भएपनि अस्पतालले उनको स्वाव निकालेर परीक्षण गरेको थियो।

धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि फेरि यकिन गर्नको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइको थियो।

टेकु अस्पतालको ल्याबले पनि कोरोना पोजिटिभ रिपोर्ट दिएपछि स्वास्थ्य मन्त्रालयले शनिबार राती विज्ञप्ती जारी उनको कोरोनाको कारण नेपालमा पहिलो मृत्यु भएको जनाएको थियो।

उनीमा कोरोना भएकाे थाहा हुनासाथ उनको माइती गाउँ भट्टे र राम्चे दुबै क्षेत्र सिल गरिएको छ ।

अहिलेसम्म ती महिलामा कहाँबाट कोरोना सर्यो भन्ने केही खुल्न सकेको छैन ।

यसैबीच वागमती प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सिन्धुपाल्चोक जिल्लामा आवात जावतमा कडाई गरेको छ।

‘दुई वटा गाउँ सिल गरिएको छ, हिंडडुल गर्न रोक लगाइएको छ,’ मन्त्री दुलालले भने, ‘भोलि आइतबारदेखि सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी र परीक्षण गर्दैछौं।’

टोखा नगरपालिकामा केही क्षेत्र सिल

टोखा नगरपालिका ९ को केही क्षेत्र सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी उनी अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुलेसँगै सिल गरिएको नगरपालिकाले जनाएको छ ।

सुत्केरी भएपछि उनी काठमाडौंकै टोखा वडा ९ मा रहेको बसेको खुल्न आएको हुँदा यससँगै टोखा नगरपालिकाको वडा ९ को निश्चित भाग सिल गरिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

नगरपालिकाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो घटना यहाँहरुलाई अवगत नै छ। सो कोरोना संक्रमणबाट मृत्यु भएको महिला टिचिंङ अस्पतालमा डेलिभरी गराई यस नगरपालिकाको वडा नं. ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बस्नु भएको भन्ने जानकारी आएकोले सो वरपरका क्षेत्र सिल गरिएको जानकारी गराउँदै ‘आफू पनि बचौं र अरुलाई पनि बचाउँ’ भन्ने अवधारणालाई आत्मसात गर्दै लकडाउनको पूर्ण पालना गर्न नगरवासीमा हार्दिक अनुरोध गर्दछौं।’ 

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ७ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित