रोल्पामा महिला यौन हिंसाका घटनामा वृद्धि « Khabarhub

रोल्पामा महिला यौन हिंसाका घटनामा वृद्धि


२ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- लकडाउनयता जिल्लामा दुई जबर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए ।

अभियुक्त घर्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

गत वैशाख ९ गते रुन्टीगढी गाउपालिकामा १६ वर्षीय युवकले बालिकालाई जवर्जस्ती करणी गरे । पीडक अहिले फरार छन् । बालिका भने परिवासँगै छिन् । पीडित बालिकाको अवस्था अहिले सामान्य रहेको प्रनाउ गुरुङले जानकारी दिए । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड –१९ को सन्त्राससँगै सरकारले घोषणा गरेको लकडाउनको समय थपिँदै जाँदा महिला हिंसाका घटना समेत बढिरहेका छन् । यसबीचमा महिला घरेलुका साथै यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ ।

घटना प्रशस्त भए पनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने चार मात्रै उजुरी परेका छन् । उजुरी दिएकामध्ये तीन जनालाई मिलापत्र गरेर पठाइएको र एक जनाको छलफल हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले बताए ।

उजुरी गर्नेहरु पनि सदरमुकाम आसपासका पीडित रहेको इञ्चार्ज विकले बताए । हिंसा पीडितले महिला तथा बालबालिका सेलमा फोन गरेर आफ्ना समस्या उजुरी गरेकै आधारमा पनि आफूहरुले समस्या सम्बोधन गर्ने गरेको उनले बताए । “यस अवधिमा पतिबाट कुटपिटमा परेर हिंसा भोगिरहेका महिलाहरुको संख्या धेरै देखिएको छ”, विकले भने ।

लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिंसा लुकाउन बाध्य भएको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताए ।

भौगोलिक विकटताले बालबालिकालाई लिएर सदरमुकाम आउन नसकेकै कारण महिला हिंसा सहेर बस्न बाध्य रहेको अध्यक्ष आचार्यको भनाइ छ । “स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रशासन र अदालतमा गएर उजुरी गर्ने वातावरण नहुँदा महिलाहरु हिंसा सहन बाध्य छन्”, आचार्यले भने, “नजिकको प्रहरी युनिटमा समेत उजुरीपश्चात् छलफल गर्ने वातावरण छैन ।”

घरेलु हिंसा भोगिरहेका करीब १२ महिलाले मोबाइलबाट कुराकानी गरेको आचार्यको भनाइ छ । यस अवधिमा मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने खालको घरेलु हिंसाका घटना बढी देखिएको आचार्यले बताए ।

सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिंसाका घटना गराउने गरेको प्रनाउ गुरुङ बताए । उनका अनुसार जस्तोसुकै अवस्थामा पनि प्रहरी यस्ता घटना नियन्त्रणका लागि सजग छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा करणीका १३ उजूरी परेका छन् । त्यसरी प्राप्त उजुरीमध्ये १२ जबर्जस्ती करणी र एउटा जबर्जस्ती करणी उद्योगका रुपमा घटना दर्ता भएका छन । यो संख्या अघिल्ला वर्षमा हुने करणीका घटनाको तुलनामा धेरै हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ९ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित