कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन « Khabarhub

कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुग्नुभएका उनले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने उक्त स्थानका लागि जनशक्ति व्यवस्थापन र आवश्यक संरचना तत्काल तयार गर्न सामाजिक विकास मन्त्रलाय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही र जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी)लाई निर्देशन दिए ।

“यात्रुलाई कोरोनासम्बन्धी जाँच गर्न चाहिने जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न र कुनै समस्या देखिए बिरामीलाई केही समय आराम गर्ने विश्रामकक्ष समेत चाँडो निर्माण गर्न निर्देशन दिँदै मुख्यमन्त्री भट्टले भने, ‘बबई मूल प्रवेशद्वार भएकाले यहाँ आउने यात्रुलाई राम्रोसँग जाँच गरेर मात्र कर्णाली प्रदेश प्रवेश गर्ने वातावरण बनाउनुस् । महिला तथा पुरुष यात्रुलाई छट्टाछुट्टै लाइनमा लागेर जाँच गर्ने व्यवस्था मिलाएर सहजता प्रदान गर्नुस् ।”

उनले कोरोना जाँचका लागि प्रहरी बिट सरकारले तत्काल निर्माण गर्ने बताए । सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्यको आवश्यक संरचना र जनशक्तिका लागि चाहिने आवश्यक बजेट व्यवस्थापन तत्काल गर्ने बताए ।

प्रदेश अस्पतालमा आइसोलेशन र क्वारेन्टाइन

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना भाइरसको सङ्क्रमण देखिएमा आइसोलेशन र क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ ।

शनिबार मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलसहित सरोकारवालाले गरेको निरीक्षण तथा अनुगमनका क्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा डम्बर खड्काले आइसोलेशन र क्वारेन्टाइन दुवै तयारी अवस्थामा रहेको जानकारी दिए ।

“हामीले यदि कोरोनाको सङ्क्रमण देखिएमा २५ आइसोलेशन कक्ष र १०० जना क्षमताका लागि क्वारेन्टाइन कक्षा तयार गरेका छौँ”, प्राडा खड्काले भने, “त्यस्तो जटिल परिस्थिति आइपरे पनि सामना गर्ने क्षमता निर्माण गरेका छौँ ।”

मुख्यमन्त्री शाहीले कोरोनाविरुद्ध गर्ने प्राविधिक तयारी पूर्णरूपले गर्न अस्पताल परिवारसँग आग्रह गर्दै आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिए । सामाजिक विकासमन्त्री रावलले मन्त्रालयले कोराना सङ्क्रमण समस्या समधानका लागि ५० लाख छुट्याएको बताए ।

अस्पतालमा क्वारेन्टाइन जाँचका लागि ११ कार्डियाक मनिटर राखिसकिएको र तत्काल १५० श्यया राख्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित