पाँचथरमा नौ सय बढीको आरडीटी परीक्षण– एन्टिबडी पोजेटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

पाँचथरमा नौ सय बढीको आरडीटी परीक्षण– एन्टिबडी पोजेटिभ देखिएकाको पीसीआर रिपोर्ट नेगेटिभ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरमा हालसम्म ९०० बढीको र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) सम्पन्न भएको छ । दुई चरणमा गरी आइतबारसम्ममा यहाँका ९३६ जनाको आरडीटी परीक्षण सम्पन्न भएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीबाट आएका तथा तिनको सम्पर्कमा पुगेका गरी करिब २०० जनाको आरडीटी सम्पन्न भएको थियो ।

पछिल्लो चरणमा लकडाउनको समयमा राजधानी काठमाडौंसहित जिल्ला बाहिरबाट जिल्ला भित्रिएका तथा विदेशबाट आई लुकिछिपी बसेकाको शीघ्र परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

हालसम्मका परीक्षणमा यहाँका एक जनाको आरडीटीको नतिजा पोजेटिभ देखिएको थियो । तर स्वाब परीक्षण गर्दा ती व्यक्तिको नतिजा नेगेटिभ आएको थियो । जिल्लास्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिसहितका सरकारी निकायको पहलमा यहाँ १०५० थान शीघ्र डाइग्नोष्टिक परीक्षण किट मगाइ परीक्षण गरिएको हो ।

प्रदेश तथा सङ्घीय सरकारले किट उपलब्ध गराएका थिए । विदेशबाट आएका, काठमाडौं तथा अन्य जिल्लाबाट आएका र तिनको सम्पर्कमा पुगेका अधिकांशको शीघ्र परीक्षण गरिएपछि यहाँका अधिकांश क्वारेन्टाइन खाली भएका छन् । शीघ्र परीक्षणपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाइएको हो ।

पूर्वी तराईका झापामा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि यहाँ विशेष सतर्कता अपनाइएको छ । विशेषत सीमा नाका क्षेत्रमा कडाइ गरिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको त्रास कम हुँदै गएको छ । विदेश तथा जिल्ला बाहिरबाट आउनेहरु गाउँ केन्द्रित भएपछि विशेषत ग्रामीण क्षेत्रमा सङ्क्रमणको त्रास बढेको थियो । तर ठूलो सङ्ख्यामा शीघ्र परीक्षणपछि यस्तो त्रास क्रमशः हटेको हो ।

सङ्क्रमितलाई अन्यको सम्पर्कमा पुग्न नदिन तथा ग्रामीण क्षेत्रमा सङ्क्रमणको त्रास कम गर्न ठूलो मेहनत गर्नु परेको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ । सबै सरकारी निकायको पहलपछि ठूलो सङ्ख्यामा शीघ्र परीक्षण सम्पन्न गरिएको उनले बताए । ‘बाहिरबाट आउनेहरु सबैको शीघ्र परीक्षणले सङ्क्रमणको जोखिम त घटाएको छ नै, गाउँलाई सुरक्षित पार्न र ग्रामीण जनजीवन सहज बनाउन मद्दत मिलेको छ,’ समन्वय समितिका प्रमुख सापकोटाले भने ।

यस्तै पाँचथरका ४२ जनाको स्वाबको परीक्षणसमेत सम्पन्न भएको छ । कोशी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण गरिएको हो । ‘एक कोरोना सङ्क्रमित युवतीसँगै एकै विमानमा नेपाल आएकादेखि आरडीटी पोजेटिभ देखिएका समेतको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ,’ स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले भने, ‘आवश्यकपर्दा थप शङ्कास्पद स्वाबसमेत परीक्षण गर्ने तयारी गरेका छौँ ।’

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित