फागुन १४ गते स्ववियु निर्वाचन हुने « Khabarhub

फागुन १४ गते स्ववियु निर्वाचन हुने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ ।

‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’’, उनले भने, ‘‘अव हामी स्ववियु निर्वाचनको तयारीमा जुट्छौं ।’’

उनले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताए ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताए ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो ।

विसं २०७३ मा करीब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनीयरीङ, थापाथली इञ्जिनीयरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो ।

विसं २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिएपनि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो । त्यसअघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुनसकेको थिएन । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।

शुरुमा नेपाल विद्यार्थी सङ्घले उमेर हदबन्दीको विरोध गरेको थियो । पछि एक कार्यकाल उमेर हदबन्दी नलगाउने र मिश्रित निर्वाचन प्रणालीमा जानेमा सबै सङ्गठन सहमत भएका थिए । २०६९ सालमा स्ववियु निर्वाचनको हुन लाग्दा अन्तिम समयमा आएर स्थगित भएको थियो ।

अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने व्यवस्था गरिएको छ ।

अनेरास्ववियूका संयोजक ऐन महरले आफूहरु पहिल्यैदेखि नै स्ववियु निर्वाचनको पक्षमा रहेको बताए । उनले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्वाचनको तयारीमा लाग्न सबै क्याम्पस एकाइ कमिटीलाई निर्देशन दिने बताए ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का निवर्तमान अध्यक्ष नैनसिंह महरले आफूहरु स्ववियु निर्वाचनमा सहभागी हुने बताए ।

‘‘स्ववियु हामीले जन्माएको हुनाले हामी निर्वाचनमा सहभागी हुन्छौ’’, उनले भने, ‘‘निर्वाचन नभाँडेर स्वच्छ, निष्पक्ष गराउनुपर्ने छ ।’’

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ६ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित