कोभिड– १९ विरुद्ध स्वस्थ्य खाद्यान्न र सन्तुलित आहार प्रयोग गर्न सुझाव « Khabarhub

कोभिड– १९ विरुद्ध स्वस्थ्य खाद्यान्न र सन्तुलित आहार प्रयोग गर्न सुझाव


२५ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ ।

दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आयोजित कार्यक्रमका सहभागी विज्ञले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सुरक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिएका छन् ।

खाद्यान्नबाट मानिसमा उक्त रोगको सङ्क्रमण भएको हालसम्म कुनै प्रमाण नभेटिएको उल्लेख गर्दै वक्ताले लकडाउन खुकुलो भएको अवस्थामा उपभोक्ता र बिक्रेताले अझ बढी सजग र सतर्क हुन आवश्यक रहेको धारणा राखे।

त्रिभुवन विश्वविद्यालयका प्रा डा गङ्गा खरेलले खाद्य पदार्थमा स्वच्छता कायम गर्न नसकिएको खण्डमा गरिब र निमुखा जनता नै त्यसको मारमा पर्ने बताए। खाद्य स्वच्छता सङ्क्रमण फैलिने र नफैलिन दुवै रोगका लागि महत्वपूर्ण रहेको जानकारी दिँदै प्राध्यपक खरेलले सबैखाले स्वास्थ्य खाद्यान्न र फलफूलको सन्तुलित आहारले कोभिड– १९ सँग प्रतिरोध गर्ने क्षमता विकास गर्ने जानकारी दिए ।

उनले भने, “कोभिड १९ होस् वा नहोस् मानिस बच्ने सबैभन्दा ठूलो औषधि खाना हो, खाद्यान्नकै कारण मानिसलाई २०० थरी रोग लाग्छ, १० जना मानिसमध्ये एक जना खाद्यान्नकै कारण बिरामी हुन्छन्, त्यसकारण अहिले रोगसँग डराउने होइन, सजग र सावधानी अपनाउने हो ।”

भूकम्पले हाम्रा गाउँघरमा नयाँ घर दिएजस्तै कोभिडले पनि विश्वको स्वास्थ्य क्षेत्रमा रुपन्तरण ल्याउने विश्वास व्यक्त गर्दै प्रा डा खरेलले भने, “कोभिडबाट बच्चका लागि प्रतिरोध क्षमता विकासका लागि शारीरिक व्यायम गर्न, सन्तुलित आहार, मनमस्तिष्कलाई शान्त राख्न, बसाइ सकारात्मक सोच र शान्त वातावरण बनाउन आवश्यक हुन्छ ।”

विभागका वरिष्ठ विशेषज्ञ भीमप्रसाद पुलामीले भने, “तरकारीलगायतका खाद्यवस्तु बजारहुँदै भान्सासम्म कसरी सुरक्षित तुल्याउने भन्नेमा क्रेता र बिक्रेता सावधानी अपनाउनुपर्छ, यद्यपि तरकारी वा खाद्यान्नबाट कोभिडको सङ्क्रमण फैलिएको कुनै प्रमाण हालसम्म भेटिएको छैन ।”

उनले भने, “ऋतु, काल, समय, स्थान विशेष र शरीरिक प्रकृतिअनुसार हितकारी, प्राकृतिक सन्तुलित रोगनाशक खानपान हुनुपर्छ, खानेकुरा मात्र, रुचि एवं मनोभावनाअनुरुपको सन्तुलनयुक्त हुनुपर्छ ।”

प्राकृतिक पदार्थमध्ये अन्न सबैभन्दा उत्पादन भएको हुनाले त्यही अन्न सबैका लागि औषधि भएको पौराणिक ग्रन्थमा समेत उल्लेख भएको बताउँदै वक्ताले त्यही अन्नलाई ठीक ढङ्गले प्रयोग गर्न नसक्दा मानिसलाई रोगी तुल्याउँदै आएको धारणा व्यक्त गरे ।

खाना तयार गर्न अघि पकाउने व्यक्तिले सरसफाइमा ध्यान दिने तथा खाना तयार गर्ने स्थान, भाडावर्तन र प्रयोगमा आउने अन्य सामग्री सफा गर्न सुझाव दिँदै विभागले खाना तयार गर्दा राम्रोसँग पकाउन, काँचो र पकाएको खानेकुरा अलगअलग एकआपसमा सम्पर्कमा नआउने गरी सुरक्षित तापक्रममा भण्डारण गर्न आम नागरिकलाई सल्लाह दिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित