प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाहविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाहविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी कर्मचारीको तलब तथा भत्ता रकम दुरुपयोग गरी बाँडेर खाएको आरोपमा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहसति ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व डीआईजी शाहसशित लेखापाल प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपेन्द्र प्रसाद पनेरु, लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव विशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २७ वैशाख २०७२ मा प्रहरी जवान पदमा भर्ना भएका कर्मचारीहरु तालिम समापन भएर अन्यत्र सरुवा भइसकेको अवस्थामा पनि तलब भत्ता वापतको रकम निकालेर हिनामिना गरिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गर्ने क्रममा आर्थिक वर्ष २०७२/०७३ मा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको प्रमुखका रुपमा कार्यरत रहेका शाह, लेखापाल इन्सपेक्टर पनेरु र लेखा सहायक हवल्दार ऐरीले १ सय ३ जना प्रहरी जवानहरुको २०७२ माघ र फागुन महिनाको तलब तथा भत्ताबापत हुन आउने रकम ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ निकालेर खाएको देखिएको हो ।

यस्तै, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको १८ माघ २०७२ को पत्रले ०७२ साल माघ १ गतेबाट नै तलब भत्ता खान पाउने गरी १ सय ४२ जना नयाँ प्रशिक्षर्थी प्रहरी जवानहरुको नयाँ नियुक्तिी भएकोमा २ दिनको बढी तलब १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ समेत निकालेर हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले प्रहरीका पूर्व डीआईजी शाहसति तत्कालीन इन्सपेक्टर पनेरु तथा प्रहरी हवल्दार ऐरीविरुद्ध जनही ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो कायम गर्दै ६ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएका पूर्व डीआईजी शाह साहित्यकार समेत हुन् । उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ‘भुइँखाट’ कथा सङ्ग्रहहरु प्रकाशित छन्। कथा सङ्ग्रह ‘छापामारको छोरो’का लागि उनले २०६३ सालको मदन पुरस्कार समेत पाएका थिए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जिव विशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको आर्थिक वर्ष २०७२/०७३ को लेखा परीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भर्पाइमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखी सरकारी रकम निकासा गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन लेखापाल विशंखेविरुद्ध १ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित